गौतम देव आज मंग्पूमा - पहाडको बिकाशको निम्ति जिल्लापाललाई ३१ करोड दिएको साथै अन्य थुप्रै बजेट पास

मंग्पू | केशर मोक्तान: उतर बंग बिकाश मन्त्री गौतम देव आज साँझ ६ बजे मंग्पू सिन्कोना निर्देशक बंगलोमा आइपुगे | मन्त्रीले भोलि हुने रविन्द्र जयन्ती मंग्पूमा भब्यरुपमा मनाउने बताउँदै भोलि यस भवनमा कोलकाताबाट आएका अतिथि कलाकार माया चक्रवती, सरोजनी रसाइली र अनुराधा बराइलीले रविन्द्र संगीत प्रस्तुत गर्ने कुरो बताए | मन्त्री देवले रविन्द्र संग्राहलयलाई निर्माण गर्नको निम्ति आइ० एन० सीई विभागबाट चौध लाख रुपिया स्याँगसनको निम्ति कोलकाता पठाइसकेको बताए | मन्त्रीले नर्थ बंगाल उन्नयन परिषदबाट पहाडी क्षेत्र बिकाशको निम्ति दार्जीलिंग जिल्लापाल समक्ष ३१ करोड रुपियाँ दिइसकेको बताएका छन् | उनले पहाडमा पर्यटन क्षेत्र बिकाश गराउन मोर्गन, हिलटप र तक्दाह तीनचुले पर्यटन स्थलमा चार करोड रुपिया दिइसकेको साथै दार्जीलिंग जिल्ला अस्पताल निर्माण गर्नको निम्ति ७५ लाख दिइसकेको अव्गात गराए | यस्तै गरि गत वर्ष बिजनबारी पुल दुरघटनामा पर्नेहरुलाई साढे तीन करोड खर्च गरिएको पनि जनाए | पी० डब्ल्यु० डी० विभागलाई सडक निर्माण गर्न ७.५ करोड दिइसकेको बताउँदै दार्जीलिंग परिसर तथा सरकारी अस्पताल जेनेरेटरको निम्ति ४५ लाख रुपिया दिने कुरो पनि मन्त्रीले पत्रकारहरुलाई बताएका छन् भने मंग्पू नेपाली अकादमी विषय लिएर प्रशन गर्दा उक्त विषय माथि राज्यका मुख्य मन्त्रीले मंग्पूमा नेपाली अकादमी बनाउने बचन दिइसकेको र यस विषयमा मुख्यमन्त्रीले नै बताउन सक्ने तिनले जनाएका छन् | उनले मंग्पूमा   रविन्द्रनाथको स्मृतिमा अन्तराष्ट्रिय स्तरको गवेश्ना केन्द्र चार करोडमा बनाइने पनि जानकारी दिए | मन्त्री देवले हालको निम्ति मंग्पू रविन्द्र संग्राहलयलाई देखरेख गर्नको निम्ति रात्री चौकिदार सिन्कोना बगानबाट नै नियुक्ति गर्ने कुरो माथि जोड दिए भने आज मन्त्री देव मंग्पू निर्देशक बंगलोमा बस्ने भएको छ अनि भोलि रविन्द्र जयन्तीमा उनी उपस्थित रहने भएको छ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.