रेयुकाईको पन्च दिवसीय कार्यक्रम | हिमालयन फेथचर्चको पंजीकृत संख्या विनियोजन

मंग्पू | युरेशिया रेयुकाई २१ औ शाखाको आयोजनामा आज रेशेप् प्राथमिक पाठशाला भवनमा बाल- बालिकाहरुलाई प्रोहत्सान दिने उदेश्यले बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न भयो | यस्तै गरि १२ वर्ष मुनिका बालकहरुलाई लिएर एक दिवशीय क्रिकेट प्रतियोगिता पनि सम्पन्न भयो | कार्यक्रममा ५० जना भन्दा धेरै बाल बालिकाहरुले अंशग्रहण गरेका थिए | प्रतियोगीहरुलाई सुमिखा स्वनिर्भर समुहका संयोजिका पुनम गुरुङ र अभिभावकगण निलम तामांग , यांग्जी तामांग र प्रायोजककर्ता शिवुचो कविता गुरुङको बाहुलीबाट पुरस्कार वितरण गरियो | यो जानकारी शिवुचो आशिष गुरुङले दिएका छन् | 

हिमालयन फेथचर्चको पंजीकृत संख्या विनियोजन:
आज स्थानीय मंग्पू हिमालायन फेथ चर्चको पंजीकृत संख्याको विनियोजन गरियो | ओबेद राई तथा रिनेश शेर्पाले संचालन गरेको यस कार्यक्रममा एल्डर बी० के० छेत्रीले बचन प्रचार १ राजा ६ अध्यायबाट प्रचारित गरेर आजको बिशेष नियम पालन गरे समाज, घर, मण्डली सुद्रेर जानेछ भनी स्थानीय मण्डलीलाई शिक्षा दिए | उक्त सेवा पश्चात मण्डलीको नियम पत्र पदेर सम्पूर्ण मण्डलीलाई सुनाए भन्ने जानकारी राजेश मिश्रले दिएका छन् |

युरेशिया रेयुकाई २१ औ शाखाको आयोजनामा आज रेशेप् प्राथमिक पाठशाला भवनमा बाल- बालिकाहरुलाई प्रोहत्सान दिने उदेश्यले बस अनि चित्र बनाउ प्रतियोगिता सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.