मंग्पू | केशर मोक्तान: हाल सम्म सरकारको अधिनमा रहेको सिन्कोना निर्देशालय जीटीए भित्र गाभिएको कुरो शनिबार मंग्पू रेशेप शाखा द्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रीय समिति सचिव गगन राईले बताएका छन् | दातडुप्लालेयु सचिव राईले गोजमुमो र दातडुप्लालेयु को पहलमा १९८७ साल देखि सिन्कोना श्रमिकवर्गको नबढेको बेसिक पे २१ रुपिया ६२ पैसालाई हामीले अकटोबर २०११ सालदेखि बढोत्तरी गरेर १८७ रुपिया बनाउन सक्षम बनेका छौ तर हालमा राज्य सरकारले आर्थिक विपन्नताको कारणले गर्दा उक्त बढेको रुपियालाई बडपैसाको आधारमा सिन्कोना श्रमिकले अवश्य पाउने कुरो सचिवले जनाएको छ | दातडुप्लालेयु टोलीले यस विषयमा गत केही दिन अघि कोलकता पुगी सम्बन्धित विभागका मन्त्री उज्ज्वल बिश्वास साथै सचिवहरुसित भेट गरिसकेको बताउँदै आगमी महिना देखि श्रमिकहरुले उक्त पैसा पाउने मन्त्रीले बताएको कुरो पनि तिनले सभामा बताए | दातडुप्लालेयु तथा मोर्चाको शिर्ष नेताहरुको पहल हामीले सिन्कोनालाई बचाउन सक्षम बनेका छौ | सिनकोना बगानको अवस्था डुब्दै गरेको टाईटनिक जस्तो थियो तर हालमा दातडुप्लालेयु को भगीरथ प्रयासमा हामीले डुब्दै गरेको टाईटनिकलाई निकालेर मर्मत गरि राखेको छौ र अब हिड्न मात्र बाकी रहेको कुरो सचिव गगन राईले जनाए | मोर्चाको भात्री संगठन दातडुप्लालेयु गठन भएदेखि यता युनियन र मोर्चाको पहलमा हाल सम्ममा सिन्कोना विभागमा ११ सय जना श्रमिकवर्गलाई रोजगारको व्यवस्था गरिसकेको कुरो पनि राईले बताएका छन् | सिन्कोना उद्योगलाई सम्पूर्ण श्रमिक कर्मचारी तथा अधिकारीवर्गले आफ्नै सम्पति ठानेर लगनशिलता साथ काम गरे भारत देशको सबैभन्दा सम्पन्न उद्योग हुनेछ र दातडुप्लालेयु को सपना पनि सिन्कोनालाई देश भरि कै सम्पन्न उद्योगको रुपमा खडा गर्ने रहेको छ | तर सिन्कोनालाई यस्तो बनाउनको निम्ति सम्पूर्ण श्रमिक तथा कर्मचारीवर्गले वर्क कल्चरमा परिवर्तन झट्टै ल्याउन पर्छ भनी युनियन सचिवले सम्पूर्ण कर्मचारीवर्गलाई नै आह्वान गरे | अहिले राज्य सरकारले बर्षेनी नन प्लान्ट बजेट मात्र ३१ कडोर रुपिया सिन्कोना बगानमा खर्च गरिरहेको र नयाँ बढोत्तरी भएको बेसिक पे जोडिएर बर्षेनी ४० कडोर सिन्कोना बगानमा खर्च गरिरहेको पनि तिनले बताए | सिन्कोना बगानको २६ हजार एकर जमीन अहुल र लेकमा हामी विभिन्न प्रजातिका औषधिमुलक पौदाहरुको खेतीपाती गर्न सक्छौ तर यसको निम्ति सम्पूर्ण श्रमिकवर्गले खट्न सक्नु पर्छ र अब जस्तै कामको निम्ति पनि श्रमिकवर्ग खट्न तयार रहनु पर्छ र आज सिन्कोना बाँचे हामी बाच्छौ सिन्कोना मरे हामी मर्छौ राज्य सरकारले श्रमिकवर्गलाई रोजगार दिलाए पछि श्रमिकवर्गले बगानबाट जहाँ खटाए पनि हामी काम गर्न तयार छौ भनेर काम गर्न पर्छ, सबैलाई हल्का काम माग्नको निम्ति मात्र रोजगार दिएको होइन, हामी बगानमा काम गर्ने तीन घण्टे पुरानो सरकारलाई हटाउन सक्नुपर्छ , हामीले राज्य सरकारलाई चुनौती दिंदै काम गरेपछि सरकारलाई पनि हामीले काम गरेर देखाउन पर्छ र अब सबै जिम्मेवारी बराबर हुनपर्छ तब मात्र सिन्कोनाको पुन उत्थान हुनेछ भन्दै युनियन सचिव गगन राईले सबैलाई वर्क कल्चरमा परिवर्तन ल्याउन पर्ने कुरोमा जोड दिए |
Post a Comment
We love to hear from you! What's on your mind?