कालेबुङ, 27 अगस्त। जीटीए चुनाउमा 34 नम्बर होम्स्
भालुखोप समष्टिबाट निर्बिरोध बिजयी बनेका सभासद निमा तामाङलाई आज यहाँको छोटा
भालुखोप स्थित दलमान गाउँमा एक भव्य कार्यक्रमबीच सम्बर्द्धना जनाइयो। यस अवसरमा स्थानीय मानिसहरुको व्यापक उपस्थिति रहेको थियो। स्कूले बिद्यार्थीवर्गले
भव्य व्याण्ड बजाएर सभासद निमा तामाङलाई कार्यक्रममा स्वागत गर्दा स्थानीय
मानिसहरु सयपत्रिको माला लिएर तिनको स्वागतमा बसेका थिए। कार्यक्रममा सभासद निमा
तामाङलाई
भालुखोपको पक्षमा दोसल्ला ओडाएर सम्बर्द्धना जनाउँदै प्रशस्ति पत्र अनि स्मृति
चिन्ह प्रदान गरियो। भालुखोप दलमान गाउँ अनि लोवर नेवार गाउँबाट जनसाधरणले तिनलाई खदा अनि सयपत्रीको
माला लगाएर क्षेत्रमा भव्यतासाथ स्वागत जनाए। यसरी नै उक्त कार्यक्रमबीच नै
क्षेत्रका चम्पामाया पाठशाला, बसन्तमाया पाठशाला, पार्वती प्राथमिक पाठशाला, छक्कीमाया प्राथमिक
पाठशाला अनि इमान्यूएल एकाडोमिले पनि सभासद तामाङलाई स्वगात गर्दै
सम्बर्द्धना जनायो। य्स अवसरमा कार्यक्रमका विशिष्ट अतिथि एवं युवा
मोर्चा प्रतिनिधि विदुर राईलाई पनि क्षेत्रबासीहरूले अहिलेसम्मको उनको योगदानको
कदर गर्दै सम्बर्द्धना जनाए। यसबाहेक, निमालाई सम्बर्द्धना जनाउने क्रममा भालुखोप संग्लन
क्षेत्रका विभिन्न सङ्घ-संस्थाहरू पनि थियो। कार्यक्रममा, इमेनुएल एकाडेमी, राई गाउँ, चमडा गोदाम, लोवर नेवार गाउँ, धजे गाउँ, महाकाल डॉंडा, लमिनी गाउँ, अप्पर नेवार गाउँ, धोवी धारा दन्ते
गाउँ, पार्वती प्राथमिक पाठशाला, राई गाउँ, आदिका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।
Post a Comment
We love to hear from you! What's on your mind?