मङपू२७अगस्ट(केशर
मोक्तान): आज मङपू
रोय बंगलोमा दार्जीलिंग
तराई डुवर्स प्लान्तेशन लेबर
यूनियनको सभा अनि सम्बर्दाना
कार्यक्रम सम्पन्न भयो|आन्दोनलनको
अवधिमा सिन्कोना श्रमिकको
हितमा लड़ने युनियन केन्द्र
समितिका कानुनी सल्लाकार एवं
सभासद तिलक चन्द्र रोका,सभासद
रतन थापा साथै गोपाल रुचाललाई
सम्बर्दाना स्वरुप स्मृति
पत्र प्रधान गरियो भने यूनियन
प्रतिनिधिलहरुले खदा माला
टक्राए| यस कार्यक्रम अवधि
कार्यकारिणी बोडको सभा रहेको
कारण सभासद रतन थापा अनुपस्थिति
रहेको थियो|सभामा सिन्कोना
श्रमिक कर्मचारीवर्गको समस्यालाई
लिएर चर्चा परिचर्चा गरियो|सभासद
तिलक चन्द्र रोकाले अगामी दिनमा
सिन्कोनको १४ वाट विभागमा नर्स
ट्रेनिंगको सुबिदा अनि आई.टीआई.
ट्रेनिङको सुबिधा पनि पहल
गरिने बताउदै सिन्कोनको व्यस्थामा
पनि परिवर्तन लेउन पर्छ र सम्पूर्ण
श्रमिक कर्मचारी साथै अधिकारिवार्गले
आफ्नो जिमेवारी वहन गरि काम
गर्न पर्ने बताए|सिन्कोना जोन
केन्द्र समिति सचिव गगन राईले
संचालन गरेको समारोहमा सभाध्यक्ष
एवं सभासद गोपाल रुचालले बगानमा
काम नगरी वेतन थाप्ने दिन अब
सकिएको बताउदै सबैलाई काम गरि
सिन्कोनालाई नाफातर्फ अग्रसर
गराउन पर्ने कुरा माथि जोड
दिए|सिन्कोनालाई सठीक संगले
चलाउनको निम्ति सम्पूर्ण सिन्कोना
श्रमिक कर्मचारी र अधिकारीमा
नयाँ सोच आउँन जरुरी रहेको
बताए|सभाको प्रस्ताव अनुसार
अब १४ वाट सिन्कोना बगानको
गन्तीघरमा महिनामा एक पल्ट
सभा गरि अधिकारीवर्ग अनि श्रमिकहरुको
समस्यबारे बिस्तृत जानकारी
यूनियनले लिइने अनि श्रमिकको
समस्यबारे छलफल गर्ने निर्णय
लिइयो|आजको सभामा मोर्चा मङपू
जोन सभापति प्रदीप छेत्री,सचिव
रतन लामा साथै रोंगो,मोन्सोंग,सिटोंग,लाठपन् चरबाट
यूनियनका प्रतिनिधिहरुको
उपस्थित थियो|
Post a Comment
We love to hear from you! What's on your mind?