मङपू२७अगस्ट(केशर
मोक्तान) : २२
नम्बर लाब्दा मङपू समष्टिका
सभासद एवं जी.टी.ए. कार्यकारिणी
सदस्य रतन थापालाई सम्बर्धना
दिने क्रम जारी छ|यस्तै गरि
शुक्रबार गोजामुमो सिम्ले
साखाको तत्वधानमा ए.एम.राईको
सभाध्यक्षतामा एक सम्बर्धना
कार्यक्रम सम्पन्न भयो| शाखा
सभापति सुबाश राई अनि सचिव
अरिफ मंगरद्वारा सभासद रतन
थापालाई सम्बर्दाना पत्र हस्तान्तरण
गरे पछि युवा मोर्चाको पक्षबाट
स्मृति चिन्ह स्वरुप खुकुरी
प्रधान गरियो|यसरी नै श्री
सत्य साई सेवा समिति अनि आई.सी.डी.एस.को
पक्षबाट पनि सम्बर्धना पत्र
प्रधान गरियो|भू.पू.सैनिक मोर्चा,एम.एस.के.,
शिसु शिक्षा केन्द्र तथा सरोजनी
प्राथामिक पाठसालको पक्षबाट
पनि सभासद्लाई खादार्पण गर्दै
सम्मान जनाइयो|समोरह्लाई सम्बोधन
गर्दै सभासद थापाले यस क्षेत्र
भरिका बुनियादी समस्यहरुलाई
समाधान गर्ने कुरो बताए|सभामा
मङपू जोनका सभापति प्रदीप छेत्री
सचिव रतन लामा लगायत पार्टीका
शीर्ष नेतृत्ववर्ग उपस्थित
थिए|
Post a Comment
We love to hear from you! What's on your mind?