गोर्खाहरुको समस्या गोर्खाल्याण्डले मात्र समाधान गर्छ भनेर केन्द्रिय गृहमन्त्रीलाई बुझाएका छौ – एनोसदास प्रधान

कालेबुङ, 29 अगस्त। भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा एनोस दास प्रधान दिल्लीमा केन्द्रिय गृह मन्त्री शुसिल कुमार सिन्देसंग भेट गरेर आज कालेबुङ आईपुगेका छन। तिनले कालेबुङ आएपछि यहाँको भागोप कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रिय गृह मन्त्री शुसिल कुमार सिन्देलाई भारतभरी छरिएर बसेका गोर्खाहरुको एकमात्र माग गोर्खाल्याण्ड रहेको सन्दर्भमा अवगत गराएको जानकारी दिए। तिनले पत्रकारहरुस्ंग कुराकानी गर्दै गृहमन्त्री सिन्देले भागोप टोलिले राखेको तर्कहरुलाई खुबै गम्बिरतापूर्वक लिएको बताउँदै गोर्खाल्याण्ड गठनको निम्ति सहयोगको अपिल गरेको पनि तिनले जानकारी दिए। तिनले भागोप भारतभरि छरिएर बसेका गोर्खाहरूको अभिभावक सङ्गठन रहेको बारम्बार आफुहरुले भन्ने गरेको बताउँदै यस अर्थमा अभिभावक संगठको जिम्मेवारी पनि धेरै रहेको तिनले बताएका छन। तिनले भारतीय गोर्खा परिसंघबाट भारतभरिका गोर्खाहरूले धेरै आशा गरेको कुरा भागोपले महशुस गरेको बताउँदै छुट्टै राज्यको एक नम्बर मुद्दासहित अन्य 7 वटा मुद्दाहरूलाई भागोपले टुङ्गो लगाउन विशेष पहल गर्ने भएको दाबी गरे। तिनले दिल्लीमा भागोपको नीति निर्धारण समितिको बैठक बसेर आगमी दिनहरुको निम्ति नीति निर्धारण गरेको बताउँदै गोर्खाल्याण्डको मुद्दालाई पहिलो प्राथमिकता दिएको तिनले थप जनाएका छन। प्रधानले यसैक्रममा मुख्यमन्त्री ममता व्यनर्जीले गोर्खाहरूप्रति निक्कै सहानुभूति दर्शाएक ढोङ गरिरहेको दाबी गर्दै यदि मुख्यमन्त्री ममताको गोर्खाहरु प्रति साँच्चै ममता छ भने साहित्य महारथी डा. इन्द्रबहादुर राईलाई पद्मविभूषण दिलाउनमा राज्य सरकारले पहल गर्नुपर्छ भनि माग गरे। डा. राईलाई पद्मविभूषण दिलाउनुपर्ने मागमा भागोपले अघिबाटै  केन्द्रिय गृहमन्त्रीलाई पत्रचार गरिसकेको अनि मुख्यमन्त्रीबाट पनि सरकारी पहल होस्‌ भन्ने भागोपले आशा गरेको जनाए। यसैक्रममा प्रधानले आगमी सितम्बर महिनामा मुम्बइ अनि बेङ्लोरमा भागोपको साङ्गठनिक कार्यक्रम छ भने नोभमेम्बर महिनामा नागपुरमा सङ्गनलाई मजबुत पार्न विरोट जनसमावेश गरिने भएको जानकारी गराए। तिनले प्रत्येक तीन वर्षमा गरिने अधिवेशन यसपल्ट 17, 18 अनि 19 दिसम्बरको दिन सिलगडीमा गरिने तय गरेको पनि यसै अवधी जानकारी दिएका छन। तिनले नेपाली भाषा सम्बन्धि चर्चा गर्दै नेपाली भाषाले मान्यता पाएपनि यसको प्रयोगमा भइरहेको ढिलाइलाई हेरेर भागोपले नेपाली भाषा प्रयोगको निम्ति अभियान नै चालाएको पनि बताए। तिनले नेपाली भाषा पूर्ण रु[पले प्रयोग हुन नसक्नुमा आफ्नैहरूको दोष रहेको पनि जनाए। भागोपले अब नेपाली भाषा प्रयोगको आन्दोलन शुरु गरेको पनि बताएका छन। यसै सन्दर्भमा बोल्दै नेपाली भाषालाई सिक्कम सरकारले पनि सरकारी भाषाको रुपमा मान्यता दिनुपर्ने माग गरेको छन्। अर्कोतिर भारत स्वतन्त्रता संग्राममा पहिलो शहीद दुर्गा मल्ललाई राष्ट्रिय स्तरमा परिचय दिन भोगोपले संसद भवनअघि   सालिग निर्माण गरिसकेको भने उनै शहीद मल्लको जन्म शतवार्षिकी अर्को वर्ष भागोपले धुमधामसँग मनाउने निर्णय लिएको छ। तिनले भारतमा गोर्खा सपुतहरुको सहि मुल्याङ्कन नभएको बताउँदै राष्ट्रिय धुनमा संगीत भर्ने रामसिह ठकुरीको सही मुल्याङकन नभएको तिनले जनाए।

भारतीय गोर्खा परिसंघका राष्ट्रिय कार्यकारी अध्यक्ष रेभरेन डा एनोस दास प्रधान दिल्लीमा केन्द्रिय गृह मन्त्री शुसिल कुमार सिन्देसंग भेट गरेर आज कालेबुङ आईपुगेका छन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.