मङपू३१अगस्ट(केशर
मोक्तान) राज्यका
खाध्य प्रकरण एवं हटीकल्चर
विभागका मन्त्री उज्वल
बिश्वासले आज मङपू नर्सरी
साथै बन्द अवस्थामा रहेको कुलेन
कारखानाको परिभ्रमण गरे|मन्त्री
उज्जवल विश्वासले पा.बंगाल
हाम्रो आमा हो भने दार्जीलिंग
बगालको मकुट(शिर) हो यस कारण
आमाको शिर फूल झैँ सुन्दरताले
सजिएको हामी हेर्न चाहन्छौं|राज्यका
मुख्य मन्त्री ममता ब्यनरर्जीले
बगालको शिर ”दार्जीलिंगको”
मुहार सधैँ फूल झैँ सजिएका
हेर्न चाहन्छिन् भन्दै हाम्रो
मुकुट(शिर)लाई सजाउनको निम्ति
सरकार सधैँ तत्परता रहेको
कुरो मन्त्री बिश्वश्ले जनाए|यस
क्षेत्रमा बिकाश गर्न सरकार
सधैँ तयारी रहेको कुरो मन्त्रीले
बताए|मन्त्रीले ब्यङ्ग कस्दै
हामी कहाँ लाल झण्डा लिएर आउन
पर्दैन हामीले राम्ररी जनताको
समस्या बुजछौं र हामी आफै जनताको
समस्य समाधान गर्न आउछौं भन्दै
पूर्व सरकारले ३४ बर्ष नगरेको
काम सिन्कोना श्रमिकवर्गको
बेसिक पे बड़ोतरी हाम्रो सरकारले
गरिदिएको ठोकुवा गरे|मन्त्रीले
बिश्वासले आफ्नो विभागमा १२
कड़ोर रुपियाँ आउन साथ सिन्कोना
बगान साथै अन्य औषधीपौदा अनि
फूलको खेति गर्नको निम्ति ५
कड़ोर रुपियाँ स्वीकृति गरिसकेको
बताए| सिन्कोना एवं हटीकल्चर
विभागलाई जी.टी.ए साथै राज्य
सरकार मार्फत नै सयुक्त रुपमा
देख रेख गर्ने बताउदै बन्द
आवस्थामा रहेको कुलेनकारखानालाई
चलाउन सरकार प्रयासरत रहेको
कुरो मन्त्रीले बताए| राज्यका
खाध्य प्रकरण एवं हटीकल्चर
विभागका मन्त्री उज्वल बिश्वासले
दा.ता.डु.प्ला.ले.यू. सिन्कोना
जोन केन्द्र समिति सचिव गगन
राईले बगानको समस्य बुझ्न निमन्त्रणा
दिएको कारण नै आज पहिलो चोटी
मङपू सिन्कोना बगानको परिभ्रमण
आएको कुरो ब्यक्त गरे| यस क्षेत्रमा
सिन्कोना खेती सँगै फूल खेती
अनि अन्य औषधिपौधहरु पनि लगाउन
सरकार तयार रहेको कुरो उनले
जनाए|मन्त्रीले यहाको रम्बी
बीचकमान लगाएको सिम्पोदियम
अरकिट देखेर तीन छक पर्दै भोलिको
दिनमा फूल खेती मार्फत मङपूलाई
विश्वले चिन्ने कुरामा उनि
आशावादी रहेको बताए|मन्त्रीको
साथमा उपस्थित रहेका जी.टी.ए
सिन्कोना विभागका कार्यकारी
सभासद सामुएल गुरुङले श्रमिकहरूको
पक्षमा बोल्दै सिन्कोना श्रमिकहरुमा
जून कार्यक्षमता छ त्यो कसै
सित पनि नरहेको ठहर गर्दे जी.टीए
मार्फत सिन्कोनको उत्थान हुने
बताए|सिन्कोना उत्थानको निम्ति
कार्य संस्कारमा पनि परिवर्तन
आउनु पर्ने बताउदै हामी हाम्रो
कार्यद्वरा सरकारको सपनालाई
साकार बनाउन चाहन्छौं भनि सभासद
सामुएल गुरुङले जनाए|मन्त्री
सामु स्वागत सम्भाषणलाई सम्बोधन
गर्दे दा.ता.डु.प्ला.ले.यू. सिन्कोना
जोन केन्द्र समिति सचिव गगन
राईले सिन्कोना अधिकारीवर्गको
रिक्त पदहरु झट्टै पूरा गरिदिने
मांग मन्त्री समक्ष राखे|यस्तै
गरि मोर्चा मङपू जोन सचिव रतन
लामाले समारोहलाई सम्बोधन
गर्दै यस सरकारले श्रमिकबर्गको
बेसिक पे. बड़ोतरी गरिदिएकोमा
मन्त्री उज्ज्वल विश्वासलाई
आभार ब्यक्त गरे|स्मरण रहोस
बगान निर्देशक डा. जी.सी. सुब्बाको
प्रयासमा सिन्कोनामा बिगत
बर्ष देखि शुरु गरिएको फूल
खेती अथवा नर्सरीमा हालमा तीन
जना युवाहरु रबी राई,सतीश राई
अनि पुस्कर सिंगरले १५० प्रजातिका
अरकिट लगाउन सक्षम बनेका जानकारी
पाएको छ|आज पहिलो चोटी सिन्कोना
भ्रमणमा आएका मन्त्री विश्वासलाई
सम्पूर्ण श्रमिक कर्मचारी
स्कूले नानीहरु शिक्षक शिक्षिकागणले
फूल खदा लगाईदिएर स्वागत गरे
भने “सुहाना हिलएन्जल्स” स्कूलका
नानीहरुले लोक न्रित्य प्रस्तुत
गरे| मन्त्रीको साथमा जी.टी
.ए. सभासद सामुएल गुरुङ.बगान
निर्देसक डा.जी.सी.सुब्बा लगायत
बगानका अधिकारी गण उपस्थित
रहेका थिए भने उनीहरुले सिन्कोना
नर्सरी .रबिन्द्रनाथ संग्रालय
अनि सिन्कोना कारखाना परिभ्रमण
गरे|

Post a Comment
We love to hear from you! What's on your mind?