आर्थीक बिपन्न परिवारका मानिसहरुको घर निर्माणमा भ्रष्टचार भईरहेको माकपा नेता तारा सुन्दासको आरोप

कालेबुङ, 29 अगस्त। सरकारले आर्थीक बिपन्न परिवारका मानिसहरुलाई निर्माण गरिदिने घरहरुमा व्यापक घोटाला भईरहेको माकपा नेता तरा सुन्दासले आरोप लगाएका छन। तिनले एउटा घर निर्माणको निम्ति सरकारले 1 लाख 75 हजार अनुमोदन गरेको बताउँदै उक्त अनुमोदन राशीको घर ठेकेदारहरुले गरिब मानिसहरुको निम्ति सही प्रकारले निर्माण नगरेको तिनले दाबी गरे। तिनले उक्त घरहरु निर्माणको निम्ति दार्जीलिङमा ग्लोबल टेण्डर भएको कारणले सही प्रकारले कार्य नभएको पनि आरोप लगाएका छन। तिनले दार्जीलिङ पहाडमा हाउजिङ विभाग अन्तर्गत एउटा घरलाई 1 लाख 75 हजार रुपिया गरेर गरेर 15 सय घर बनाइने भएको जानकारी दिदै पहिलो चरणमा 735 वटा घर निर्माणको टेण्डरको विज्ञापन 16 अप्रेल 2012 मा जारी गरेको बताउँदै रहल घरहरुको निम्ति सरकारले यथाशिघ्र टेण्डर गरेर घर निर्माण कार्य शुरु गर्नुपर्ने माग गरे। सुन्दासले गरिब परिवारहरुको निम्ति सरकारले निर्माण गरिदिने घरमा व्यापक घोटाला भईरहेक दाबी गर्दै यस सम्बन्धमा बिभागले जाँच कार्य गर्नुपर्ने माग गरे। बिभागले यस बिषयमा जाँच कार्य नगरे आफ्नो आवश्यक प्रमाण रहेको बताउँदैओ न्यायलयमा जाँने पनि तिनले चेतावनी दिएका छन। सुन्दासले अब दोस्रो चरणमा 735 वटा घर बनाउनु बॉंकी छ रहेको बताउँदै पहिलो चरणमा भएको भ्रष्ट्रचारलाई सरकारले अनदेखा गर्नु हुँदैन भन्दै बिभगले यस बिषयमा सही पदक्षेप लिन पर्ने माग गरेका छन।

सरकारले आर्थीक बिपन्न परिवारका मानिसहरुलाई निर्माण गरिदिने घरहरुमा व्यापक घोटाला भईरहेको माकपा नेता तरा सुन्दासले आरोप लगाएका छन।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.