मंग्पू | केशर मोक्तान: मंग्पू सिम्ले धुरा निवासी वयोवृद्ध समाजसेवी के० बी० योन्जनको आकस्मिक निधनमा आज मोर्चा मंग्पू जोनले पार्टी कार्यलयमा आकस्मिक सभा डाकी एक शोक सभाको आयोजना गर्यो | मोर्चा मंग्पू जोन अध्यक्ष प्रदीप छेत्रीको अध्यक्षतामा सम्पन्न भएको शोक सभामा दुई मिनटको मौन धारण गरियो | सभामा स्व० के० बी० योन्जनले जीवनकालमा गरेको उपलब्धि अनि घटनाक्रमहरुको स्मरण गर्दै आज उनको मृत्युले मंग्पूलाई अपुरणीय क्षति भएको गोजमुमो मंग्पू जोनले अनुभव गरेको कुरा सभापतिले बताए | वहाँको अनुपस्थितिले समाजलाई ठुलो क्षति पुगेको बताउँदै यस दु:खको घडीमा शोकाकुल परिवारलाई इश्वरले सहन गर्ने शक्ति प्रदान गरुन भनि प्रार्थना गर्दै सभा समाप्त गरियो |
Post a Comment
We love to hear from you! What's on your mind?