ज्ञानपीठ विधालयमा सांस्कृतिक कार्यक्रम सम्पन्न

मंग्पू | केशर मोक्तान: स्थानीय मंग्पू रंग्बी ज्ञानपीठ उच्च विधालयको रंगशालामा विधालय कै प्रधान अध्यापक बी० के० गुरुङको अध्यक्षतामा एक कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा विधालयका नानीहरुले हिन्दी, नेपाली गीत तथा नृत्य प्रस्तुत गरेर सबैलाई मन्त्रमुघ्ध पारे | छात्र दिपंकर मंग्रंती अनि छात्रा सलिना रामुदामुले दिवंगत शिक्षक डी० पी० राई प्रति समर्पित भावविहल गीत प्रस्तुत गरे | कार्यक्रममा गत वर्ष २०११ को वार्षिक परिक्षामा प्रत्येक कक्षाबाट पहिलो, दोश्रो र तेश्रो हुने विधार्थीहरुलाई पुरस्कृत गरियो भने भोकेशनल ट्रेनिंग सफलतापूर्वक समाप्त गर्ने विधार्थीहरुलाई प्रमाण पत्र प्रदान गरियो | छैटौ कक्षाका विधार्थी प्रयास छेत्रीलाई उतम विधार्थीको रुपमा पुरस्कृत गरेपछि सदैव सफा भएर विधालय आउने दशौ श्रेणीका छात्रा जयलता राईलाई पुरस्कृत गरियो | कार्यक्रमलाई सम्बोधन गर्दै विधालयका प्राचार्य बी० के० गुरुङले विधालयमा २०१३ को शैक्षिक सत्र देखि एघारौ श्रेणी शुरु गरिने घोषणा गरे | यसको निम्ति शिक्षा विभागबाट आवश्यकीय कागजपत्रहरु विधालयले प्राप्त गरिसकेको जानकारी गराए | उहाँले यसको निम्ति सभाषद रतन थापा मोर्चा मंग्पू जोनका पधाधिकारी , इ० एम० सी संयोजक छिरिंग शेर्पा, शिक्षा विभाग कार्यकारिणी सभाषद रोशन गिरी, डी० आइ० अफिस दार्जीलिंग अनि जे० एस० टी० ओ० का अधिकारीवर्गलाई आभार व्यक्त गरे | सहशिक्षक दिलिप गुरुङ र छात्रा  द्वय निजोश्ना थापा अनि समिक्षा थापाले संचालन गरेको कार्यक्रममा जीटीए वन विभागका कार्यकारिणी सभाषद रतन थापा मोर्चा मंग्पू जोन सचिव रतन लामा लगायत पार्टीका शिर्ष नेतृत्ववर्ग उपस्थित रहेका थिए भने कार्यक्रमको स्वागत भाषण विधालयका सहशिक्षक कन्चन राईले गरेका थिए |

स्थानीय मंग्पू रंग्बी ज्ञानपीठ उच्च विधालयको रंगशालामा विधालय कै प्रधान अध्यापक बी० के० गुरुङको अध्यक्षतामा एक कार्यक्रम सम्पन्न भयो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.