हिउँदको सुखरी महिनामा पिउने पानीको हाहाकार नहोस भन्ने उदेश्य संगै वर्खामासमा ल्याउ – झ्याउले पुरेको मुहान सफा गर्न “ मंग्पू एकता वेलफेयर फाउन्डेशनले कम्मर कसे | राष्ट्रिय पर्यवरण दिवशको छेक पारेर एकता वेलफेयर फाउन्डेशन लगायत मंग्पू क्षेत्रका विभिन्न सचेत व्यक्ति तथा संघ संस्थाहरुले भाग लिएको उक्त सफाई कार्य प्रथम अनि महत्वपूर्ण ठहरिएको छ | राष्ट्रिय पर्यावरण दिवशको उपलक्ष्यको प्रथम चरणमा लाब्दा विभागको १६२/८०(ii) प्लट नम्बरको जमीनमा १५ सय वटा रुखका विरुवाहरु रोप्ने कार्य गरियो भने दोश्रो चरणमा रम्बी खोला पूल परिसरमा सफा गर्ने कार्य गरियो | त्यसपछि विविध कार्यहरु गर्दै यहाँको तमाम नगरिकवर्गलाई सुविधाहरु उपलब्ध गराउने धृष्टतामा जनचेतना कार्यक्रम सम्पन्न भयो | उक्त कार्यक्रममा प्रमुख अतिथि एवं फोसेप सचिव प्रकाश राईले भने रम्बी खोला परिसरमा बनविभागले पर्यटन क्षेत्र बनाउने कुरोलाई सरकारले प्रतिबन्ध लगाउनुपर्छ | जसको फलस्वरूप पिउने पानी प्रदुषित हुँदै गएर एक समय मुहान नै सुक्न पनि सक्छ |
मंग्पूका ३० हजार नागरिकवर्गले पिउने पानीको श्रोतलाई स्वस्छ बनाउन औ बढ्दो जनसंख्यालाई मध्य नजर राखेर यहाँ विभिन्न संघ संस्थाहरु सचेत रहन पर्ने कुरा कार्यक्रम अध्यक्ष प्रकाश चन्द्र राइले बताए |
उक्त महत कार्यमा सिन्कोना बगान व्यवस्थापक सी० बी० थापा हिमालयन चर्चका प्रतिनिधिवर्ग, सिन्चेल रेन्जका बिट बाबु, सन्तोष दर्नाल, पेन्सन एसोसिएशंनका प्रमुख डी० एस० लोहार, बरिष्ठ नागरिक द्वय किरण ब्लोन अनि के० बी गिरी उपस्थित रहेका थिए भने कार्यक्रमलाई सम्बोधन एकता वेलफेयर फाउन्डेशन समाजका सचिव सुवास राई सरकारको कानुन व्यवस्था माथि चर्चा गर्दै प्रदुषण नियन्त्रण ऐनलाई मध्यनजर राखेर उपद्र गर्नेहरुलाई दण्ड दिनु पर्छ भन्ने सुझाउ पेश गरे | यसै विषयलाई जोड दिंदै एस० एम० राईले भने – पिउने पानीको श्रोत छेउतिर घर बनाउन औ पाइखाना बनाउन अवरोध गर्न पर्छ | आ- आफ्नो जिम्मेवारी लिएर पिउने पानीको श्रोतलाई महत्व दिने सुझाउ पेश गरे |

Post a Comment
We love to hear from you! What's on your mind?