मङपू२६सेप्टेम्बेर(केशर मोक्तान): मङपू थाना प्रभारीले बताए अनुसार आज बिहान ११ बजे मालवाहक वाहन WB.73.B.0567 एन.एच.पी.सी सेक्टर एफ नजिक पी.डब्लु.रोडबाट सम्भवत १०० फिट तला झर्दा चालक अनि खाल्सी घाइते बनेका छन|उक्त मालवाहक वाहन दार्जीलिंग देखि चियापति लगेर सिलगुडी तर्फा प्रस्थान गरिरहेको समय चालक नियन्त्रण हराएर दुर्घटना भएका हुनसक्ने पुलिसले आसंका ब्यक्त गरेको छ|उक्त घाइते चालक खलसीलाई उपचारको निम्ति सिलिगुडी अस्पतालमा पठाइए को छ|वाहन चालक सहादिप ठकुरी जोरखोला सोनादा निवासी अनि खलासी राजेश मोथे बिजनबारी निवासी रहेको पुलिसद्वारा थाहा लागेको छ|उक्त वाहनको मालिक सिलगढी तीनपती मोर निवासी गौतम कुमार रोय रहेको जान्नमा आएको छ |
Post a Comment
We love to hear from you! What's on your mind?