मंग्पू | केशर मोक्तान: हिज १२/१२/१२ को साँझ ६ .४५ बजे मंग्पू रेशेप् विभाग निवासी कस्तुरी एमएसके विधालयको शिक्षक हर्क राईको घर सर्ट सर्किटको कारण आगलागी भएको छ | घरमा आगो लाग्नसाथ स्थानीय गाउँलेहरु निरज राई, कुमार छेत्री, टंक छेत्री र अन्य साथीहरुले आफ्नो ज्यानको पर्वाह नगरी घर मालिक हर्क राई अनि उनको श्रीमती शुष्मा राईलाई आगोको ज्वालाबाट निकाल्न सक्षम बने | घर मालिक हर्क राईको दाहिने खुट्टामा सामान्य चोट लागेको छ भने उनको श्रीमतीलाई टाउकोमा चोट लागेको छ | घटना अवधि कसैको ज्यान नगएपनि घरको सर समान भने पूर्ण जलेर खरानीमा परिणत भएको छ | गाउँलेहरुले आगोलाई निभाउने सक्दो प्रयास गरेतापनि घरमा एल० पी० जी० ग्यास पड्किएको कारण आगो नियन्त्रणमा ल्याउन सकेन | पिडित घर मालिक हर्क राइले घटना हुन साथ आफू बेहोस भएको जनाउदै आगलागी हुँदा घरबाट एउटा धागो सम्म निकाल्न नपाएको दुखेसो पोखे | तिनले बताए अनुसार आगलागी हुँदा घरमा भएको आफ्नो सरकारी कागजपत्र, ग्यासको ब्लु बुक , तीस हजार जती पैसा, तीन तोला सुन लगायत घरमा भएको सम्पूर्ण समानहरु नै खरानीमा परिणत भएको छ | एउटा धागो सम्म निकाल्न नसकेका घर मालिक हर्क राईले आफूले लगाउने लुगा धरी छिमेकीलाई मागेर लगाएको दु:ख व्यक्त गरे | शिक्षक हर्क राई कस्तुरी एम० एस० के० विधालयका सह - शिक्षक रहेको कारण साथै विधालय संचालन समितिका लेखापाल अधिकारी रहेको हुनाले विधालयको प्राय: जसो कागज पत्र पनि उनको घरमा रहेको थियो भने ती सम्पूर्ण कागज पत्र पनि आगोमा जलेर खरानी भएको छ |
स्मरण रहोस् कस्तुरी एम० एस० के० विधालय कच्चा रहेको कारण अनि उनको घर विधालय नजिक रहेको साथै विधालय संचालन समितिका लेखापाल हुनुको कारण विधालयको १९९७ साल देखि २०१२ सम्मको दस्तावेज अनि बिशेष यस वर्ष माध्यमिक दिने २० जना विधार्थीहरुको अरिजिनल रेजिस्ट्रेशंन पनि उनको घरमा नै रहेको थियो जो घरमा आगलागी हुँदा जलेर राख भएको छ | उनले आज उक्त घटना सम्बन्धि मंग्पू प्रहरी विभाग तथा पंचायत अधिकारीवर्गलाई पनि प्राथमिकी तथा क्षतिपूर्तिको माग गर्दै ज्ञापन चडाएको कुरो बताए | उक्त घटना भएपछि शिक्षक हर्क राई बेघर बनेका छन् भने उनलाई झट्टै सरकारी सहयोगको खाँचो रहेको देखिन्छ |
घटनाको निरिक्षण गर्न मोर्चा जोन शीर्ष नेताहरु, दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सचिव , सिन्कोना अधिकारी , पंचायत सचिव लगायत क्षेत्रीय सभासद रतन थापा आदि पनि पुगेका थिए भने पिडित परिवारलाई सबैले सान्तवना दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?