मंग्पू विभाग सानोचौरस्ता(Sano Chowrasta) परिसरमा अखिल भारतीय गुरुङ तमु बौद्ध संगठन (Akhil Bharatiya Gurung Tamu Baudha Sangathan,Mungpoo) मंग्पू विभाग शाखाको आयोजनामा लोछार पर्व पालन गरियो | मंग्पू शाखा गुरुङ तमु समुदाय द्वारा नयाँ वर्ष सर्प वर्ष प्रारम्भ भएको उपरोक्त लोहार पर्वलाई समुदायका सचिव अमिर गुरुङले संचालन गरेका थिए | कार्यक्रममा लामा म्हे म्हे बुद्ध लामा ह्येन गुरुङ, चन्द्र कुमार तामांग आदिले बौद्ध धर्म पुस्तक पठन गरि आशिर्वाद सहित नयाँ वर्षको शुरुवात बारे सम्बोधन भाषण राखे | उक्त पर्वमा मंग्पू बिभाग, सिम्ले धुरा, स्कूल डाँडा, भजने, विरिक तथा काली झोडा, नाली डाँडा निवासी गुरुङ जातीका मानिसहरु बिशेष रुपमा आफ्नो सांस्कृतिक भेष - भुषामा उपस्थित रहेर लोछार पालन गरे | यस लोछार पर्व मंग्पू शाखाका गुरुङ तमु समुदाय आफ्नो सांस्कृति कर्म, संस्कारलाई विलुप्त हुन नदिन संरक्षण गर्न भगीरथ प्रयाशरत छन् | अन्तमा गुरुङ तमु मंग्पू शाखा सभापति मदन गुरुङले सम्पूर्ण उपस्थितवर्गमा धन्यबाद दिंदै नयाँ वर्षले सबैको घर - गाउँमा सुख सम्रिधि ल्यावोस भन्ने कामना गरे |
Post a Comment
We love to hear from you! What's on your mind?