मंग्पूका साहित्यकार उदय थुलुंगलाई साहित्य अकादमी पुरस्कार

साहित्य अकादमीका कार्यकारी सदश्यहरुको औपचारिक घोषणा अनुसार फरवरी २०१३  मा प्रदान गरिने २०१२ सालको साहित्य अकादमी पुरस्कार(Sahitya Akademi Puraskar 2012 for nepali to Uday Thulung) साहित्य  मंग्पूका उदय थुलुंगलाई वहाँको कथा संग्रह " एकान्तवास" को निम्ति प्रदान गरिने तय भएको छ | १ लाख रुपियाँ नगद राशी संगै प्रशस्ति पत्र आदिले सम्मानित गरिने सो पुरस्कार दोश्रो पल्ट मंग्पू  भित्रिने भएको छ | "विश्व कवि रविन्द्रनाथ ठाकुरको पाइला अनि आशिर्वाद परेको  भूमि मंग्पू, एउटा साहित्यको भण्डार " - भन्ने तथ्यलाई साहित्यकार मोहन ठकुरीपछि  आज कवि - कथाकार उदय थुलुंगले दोश्रो पल्ट प्रमाणित गरिदिएका छन् |

साहित्यकार मोहन ठकुरीले वर्ष १९७६ मा उनको कविता संग्रह " नि:शब्द " को निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त गरेका थिए भने आज दोश्रो पल्ट मंग्पू कै साहित्यकार उदय थुलुंग उनका कथा संग्रह "एकान्तवास " को निम्ति साहित्य अकादमी पुरस्कार प्राप्त गर्ने घोषणा दिल्ली साहित्य अकादमीबाट हुनसाथ समग्र मंग्पूमा हर्षको लहर छाएको छ |

१९ नोभेम्बर १९६७ सालमा मंग्पू विभाग निवासी माता विष्णा राई अनि पिता स्व० सुर्य बहादुर राईको कोखमा जन्म लिएका साहित्यकार थुलुंगले आफ्नो पहिलो साहित्यिक यात्रा सरस्वती विधालय मंग्पूबाट प्रकाशित हुने मुखपत्रमा "यो जीवन " कविता प्रकाशित गरेर शुरु गरेको बताउँछन् | आज अचानक आफूले कोरेको कथा माथि यसरी साहित्य अकादमी पुरस्कार पाउने घोषणाले आफू अचम्भित मान्दै तिनले आफ्नो अग्रज साहित्यकारहरुलाई आभार व्यक्त गरेका छन् | आफ्नो कथा संग्रह साहित्य अकादमीमा छनौट हुनु गर्वको कुरा जनाउदै साहित्यकार तथा पाठकवर्ग यस कथा पढेर सन्तुष्ट बनेको अनुमान गरेका छन् | नेपाली भाषा परामर्श समितिका संयोजक तथा अग्रज साहित्यकारहरुलाई आभार व्यक्त गर्दै साहित्य अग्रजहरुको आशीर्वाद स्वरुप समकालीन मित्रहरुको माया र शुभकामनाको कारण आज यो दिन देख्न पाएको उनी बताउँछन् | उनले साहित्य अकादमीका चयनकर्तालाई पनि आभार व्यक्त गर्दै युवा साहित्यकारहरुलाई यसरी चयन गरेकोमा नयाँ क्रमको शुरुवात भएको पनि अनुमान रहेको बताए |

साहित्यकार थुलुंगले १९९२ सालमा कविता संग्रह " दुख्दो त यहाँ जिन्दगी नै छ ", २००७ सालमा कविता संग्रह "प्रत्यागमन ", १९९२ सालमा कथा संग्रह "विकल्प ", २००५ मा कथा संग्रह "अनावारिक आकाश ", २००७ मा लघु कथा संग्रह "गोजीका " अनि २००८ मा कथा संग्रह "एकान्तवास " प्रकाशित गरिसकेका छन् | साहित्यकार थुलुंगले दार्जीलिंगबाट युगपरिवोध र राशिक पुरस्कार, सिक्किमबाट स्रष्टा पुरस्कार अनि कालेबुंगबाट पूर्ण राई स्मृति पुरस्कार प्राप्त गरिसकेका छन् | उनका लेखहरु बंगला, उडिया,अंग्रेजी,हिन्दी र असमी भाषामा पनि अनुवाद भइसकेको  जानकारी छ भने हाल उनी मंग्पू साहित्य परिषदका मूल सचिवको पदमा छन् | उनलाई नेपाली अकादमी पुरस्कार २०१२ प्रदान गरिने घोषणा हुनसाथ लाब्दा मंग्पू समष्टिका सभासद रतन थापा, मोर्चा मंग्पू जोन सचिव रतन लामा, सभापति प्रदीप छेत्री अनि जेएसटीओ मंग्पू जोन सचिव सरोज थापाले हार्दिक बधाई दिएका छन् |

Also read  Sahitya Akademi Award winners in Nepali list till today.

साहित्य अकादमीका कार्यकारी सदश्यहरुको औपचारिक घोषणा अनुसार फरवरी २०१३ मा प्रदान गरिने २०१२ सालको साहित्य अकादमी पुरस्कार(Sahitya Akademi Puraskar 2012 for nepali to Uday Thulung) साहित्य मंग्पूका उदय थुलुंगलाई वहाँको कथा संग्रह " एकान्तवास" को निम्ति प्रदान गरिने तय भएको छ |

Read latest post filed under Awards, mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.