मंग्पूका नोर्देन लामा दार्जीलिंग फेशन शोमा प्रज्ञाश्री पुरस्कारले सम्मानित

मंग्पू : गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति द्वारा दार्जीलिंग चौरस्तामा आयोजित फेशन शो कार्यक्रम पहाडी प्रतीकमा मंग्पू  रम्बी बिचकमान निवासी पर्शुराम लामाको छोरा नोर्देन लामा (प्रशान्त ) ले प्रथम स्थान ओगटेर प्रज्ञा श्री पुरस्कार २०१२ (Pragya Shree Puraskar 2012) ले सम्मानित बनेका छन् | दार्जीलिंग फेशन(Darjeeling Fashion Show)  शोमा प्रथम स्थान ओगट्न सफल भए वापत नोर्देन लामालाई आयोजक समितिको पक्षबाट एउटा कालो पल्सर बाइक तथा नगद राशी २५००० रुपियाँ प्रदान गरेको छ | उनले उत्कृष्ट प्रदर्शन गरेर विजय हासिल गरेकोमा लाब्दा मंग्पू समष्टि सभासद रतन थापाले बधाई दिएका छन् | यसरी नै हिज उनी उक्त पुरस्कारले सम्मानित भएर आफ्नो बासस्थान रम्बी बिजकमान मंग्पू  फर्केर आए पश्चात उनलाई उनलाई मंग्पूबासीले गन्ती डाँडामा खादर्पण गर्दै स्वागत जनाए | उनी हालमा पेदोंग सेन्ट जर्ज स्कूलमा अध्यनरत छन् भने विधालयका प्राचार्यले पनि उनलाई बधाई टक्राएका छन् | नोर्देन लामाले यस भन्दा अघि कालेबुंग पाइन ट्री फेस्टिवल फेशन शोमा पनि प्रथम स्थान ओगटी सकेका छन् | उनले एक पछि अर्को गर्दै फेशन शोमा उत्कृष्ट प्रदर्शन गर्दै  प्रथम स्थान ओगटे पश्चात एक बाइक तथा टेलिभिजन कम्पनीले विज्ञापनको निम्ति लैजाने भएको छ साथै उनलाई नेपाली चलचित्रमा पनि मौका दिने कुरो परिवार सुत्रबाट जानकारी छ |

गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय समिति द्वारा दार्जीलिंग चौरस्तामा आयोजित फेशन शो कार्यक्रम पहाडी प्रतीकमा मंग्पू रम्बी बिचकमान निवासी पर्शुराम लामाको छोरा नोर्देन लामा (प्रशान्त ) ले प्रथम स्थान ओगटेर प्रज्ञा

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.