मंग्पू | केशर मोक्तान: बितेको वर्षलाई विदा अनि नयाँ वर्षलाई स्वागत जनाउँदै हिज स्थानीय जोगिघाटमा महाराजा क्याटरिङ गुर्पले धुमधाम सित नव वर्ष मनाए | ३१ दिसम्बरको साँझ देखि सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि विभागीय सभासद रतन थापाको बाहुलीबाट महाराजा क्याटरिङ ग्रुपको उद्घाटन गरियो | हालसम्म यस क्षेत्रमा कुनै पनि दु:ख सुखको कार्यमा बाहिरबाट क्याटरिङ ग्रुप ल्याएर कार्य उतार्न पर्थ्यो भने अब स्थानीय युवाहरुले नै क्याटरिङ ग्रुप खोल्न सक्षम भनेका छन् | फलत: मंग्पूमा नै स्थानीय बेरोजगार युवाहरुले महाराजा क्याटरिङ खोलेर स्थानीय मानिसहरुलाई घरमा परेको दु:ख सुखको कार्य उतार्न एकदमै सजिलो बन्ने भएको छ | उक्त क्याटरिङ ग्रुपका सदश्यहरुले कतिवटा पकवान पकाउन बाहिरबाट धेरै समय सम्म तालिम लिएर आएको थाहा लागेको छ | वर्षको शुरु मै हर्षोल्लासको साथ पालन गर्दै बनभोज, सांगीतिक कार्यक्रम गरी नव वर्ष पालन गरे | महाराजा क्याटरिङ ग्रुप लाब्दा विभागको आयोजनामा रंगारंग संगीतमय साँझमा यामाहा ब्याण्ड सिक्किमबाट आएका कलाकारहरुले नेपाली, हिन्दी तथा अंग्रेजी गीत प्रस्तुत गर्दै सबै दर्शकहरुलाई मनोरंजन प्रदान गरे | कार्यक्रममा महाराजा क्याटरिङ ग्रुपले पकाएका पकवान संगै नयाँ वर्षको स्वागत कार्यक्रम मनाए अतिथिहरुले |
Post a Comment
We love to hear from you! What's on your mind?