मङपु२५फरवरी(केशर मोक्तान): छुट्टै राज्य गोर्खाल्याण्डको मांगमा गो.जा.मु.मो.ले तेस्रो चरणको आन्दोलन शुरु गरेको छ भने केन्द्रीय समितिको निर्देश अनुसार मोर्चा मङपु जोनको नेतृत्वमा साझमा पुल्ठे जुलूस लगायत अअन्य कार्यक्रमहरु धारावाहिक रुपमा चली रहेको छ | यसरी मोर्चाको भातृसंगठन जनमुक्ति अस्थायी कर्मचारी संगठन मङपु जोनले पनि छुट्टै राज्यगोर्खाल्याण्डको मांगमा ५०० भन्दा अधिक पोस्टर टालिएको छ | उक्त पोस्टर जनमुक्ति अस्थायी सगठन मङपुको सभापति ऋतुराज रावत अनि सचिव के.बी.छेत्री लगायत संगठनका अन्य कार्यकर्ताको बाहुलीबाट मङपु वरिपरि क्षेत्रमा टालिएको जानकारी सचिव के.बी.छेत्रीले दिएका छन् |
Post a Comment
We love to hear from you! What's on your mind?