आगामी बर्ष देखि मङपुमा नै माध्यमिक परीक्षा केन्द्र हुन पर्ने माग

मङपु२६फरवरी(केशर मोक्तान): हिज देखि माध्यमिक परिक्षा शुरु भएको छ भने माध्यमिक परिक्षा उपकेन्द्र  मङपु देखि धेरै नै टाड़ा रहेको कारण यहाको बिद्यार्थीहरुले धेरै नै समस्या झेल्न पर्ने गुनासो रहेको छ |  मङपु क्षेत्रमा तीनवाट माध्यमिक विद्यालय हुदा हुदै पनि धेरै बर्ष अघि देखि यहाँको स्थानीय छात्र छात्रावर्गले प्रत्येक बर्ष दार्जीलिङको विभिन्न बिद्यालयहरुबाट माध्यमिक परीक्षा दिन बाध्य भइरहेका छन् | यस बर्ष पनि मङपुबाट दुई सय भन्दा अधिक परीक्षार्थीहरु दार्जीलिङबाट माध्यमिक परीक्षा दिइरहेका जान्नमा आएको छ | तर प्रत्येक बर्ष मङपु देखि ३२ कि.मि टाड़ो दार्जीलिङमा गएर यहाँका विद्यार्थीवर्गले माध्यमिक परीक्षा दिनु पर्ने भएको कारण धेरै नैई दुखकष्ट झेल्न परिरहेको अभिभावकवर्गको गुनासो रहेको छ | कति जना माध्यमिक परीक्षा दिने छात्र छात्रावर्गलाई मङपुबाट नै दैनिक दार्जीलिङ जाने वाहनहरुमा पिउने पानी सम्म पठाउन परिरेको अभिभावक वर्गको गुनासो रहेको छ | यहाँबाट दार्जीलिङ गएर माध्यमिक परीक्षा दिने विद्यार्थीवर्गले परीक्षाको समयमा धेरै नै समस्या  झेल्नु पर्ने बाध्यता भएको कारण आगामी बर्ष देखि मङपुको विभन्न विद्यालयहरुमा नै  माध्यमिक परीक्षाको उपकेन्द्र हुन् पर्ने सम्बन्धित बिभाग समक्ष अभिभावकवर्गले मांग गरेका छन् | यहाँका बिद्यार्थीवर्गको समस्यालाई मध्य नजर रख्दै जी.टी.ए. शिक्षा बिभाग सभासद अनि लाब्दा मङपु समष्टिका सभासदले पनि यस बिषयमा ध्यान दिएर अथवा सम्बन्धित अधिकारीसित वार्तालाप गरेर आगामी बर्ष देखि मङपुमा नै माध्यमिक परीक्षा उपकेन्द्र राखीदिने  स्थानीय अभिभावकवर्गले अपील  गरेका छन् | स्मरण रहोस गत बर्ष देखि मङपु सरस्वती उच्चतर माध्यमिक बिध्यलामा विज्ञान बिभाग बिषय शुरु गरेर यहाको बिज्ञान बिषय लिएर  अध्यन गर्ने छात्र छात्रावर्गलाई धेरै नै सुबिस्ता भएको थियो भने आगामी बर्ष देखि माध्यमिक उपकेन्द्र पनि मङपुमा नै हुन् सके अझ  सुबिस्ता  हुने स्थानीय अभिभावकवर्गको भनाइ छ |

हिज देखि माध्यमिक परिक्षा शुरु भएको छ भने माध्यमिक परिक्षा उपकेन्द्र मङपु देखि धेरै नै टाड़ा रहेको कारण यहाको बिद्यार्थीहरुले धेरै नै समस्या झेल्न पर्ने गुनासो रहेको छ |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.