September 18, 202511:43:59 PM

प्राय: १०० वर्ष पुरानो भालुटार सात कन्ये सिंह देवीथानमा पूजा सम्पन्न

Bhalutar devithaan
हरेक वर्ष गरिने भालुटार सात कन्ये सिंहदेवीको पूजा यस वर्ष पनि लाब्दाको फेद, रयांग खोलाको किनारमा अवस्थित पौराणिक देवीथानमा भालुटार(Bhalutar Devithan) सात कन्ये सिंहदेवी पूजा आयोजक समिति, लाब्दाको तत्वधानमा भव्यताको साथ सम्पन्न भयो | वर्षेनी बुद्ध पूर्णिमाको ठीक अघिलो दिन वैशाख चतुर्दशीको तिथि पारेर गरिने यस देवी पूजाको आफ्नै महत्व र विशेषता रहेको बुजिएको छ | धेरैले यस देवीथानको भाकल गर्दै यो तिथिमा पूजा गरेको फल स्वरूप आफ्नो चिताएको काम – कुरा पुगेको उपस्थित देवी भक्तजनहरुले बताएका छन् | यसैले आफ्नो मनोकामना लिएर मंग्पू, सिटोंग – सेल्पू लगायत विभिन्न ठाउँहरुबाट भक्तजनहरु वर्षेनी देवीको पूजा – अर्चना गर्न भेला हुने गर्छ |
बिशेष गरेर यो पूजा चैत – वैशाखको हैंजा – मार्गी तथा प्राकृतिक दुर्घटना जस्तै पहिरो, भुइँचालो, आंधी – तूफान आदिले क्षेत्रबासीलाई नसतावोस भन्ने हेतु पौराणिक कालदेखि नै एउटा धार्मिक आस्था राख्दै पुर्खाहरुले गर्दै आइरहेको जानकारी छ भने यो पूजा कहिले देखि शुरु गरिएको भन्ने प्रश्नमा ७० – ८० वर्ष पुगेका वृदहरुले पनि अझ उनीहरुको बाजे – बोजुको पालामा पनि यो  पूजा गरिन्थ्यो भनी बताउँदा प्राय: १०० – १५० वर्ष पहिले देखि नै यस भालुटार सात कन्ये सिंहदेवीको पूजा गरिने गरेको अनुमान लगाइएको छ |
यस देवी स्थान परिसरमा मैला – धैला गरे देवीले अदृश्य शक्तिहरुले दण्ड दिने पुर्खौ देखि धार्मिक किम्वदन्तीहरु रहिआएको छ भने धेरै वर्ष पहिले एक हूल भोटे समुदायका मानिसहरु देवीको बिश्वास नगरेर देवीथान परिसरमा मैला धैला गर्दै डेरा हालेर बस्दा रात भरि अदृश्य स्वाँट(लाठीको प्रहार) भेटेको अनि राता – रात बसाई सर्नु परेको किम्वदन्तीहरु पनि उपस्थित बुडा – पाकाहरुले बताउँछन् | यस्तै थुप्रै धार्मिक किम्वदन्तीहरुले देवीथान अझ रोचक बनाएको पाइन्छ | यतिमात्र नभएर यस भालुटार देवीथानको नामोच्चाहरण दार्जीलिंग, कालेबुंग, खरसांग लगायत भारत अनि नेपालका विभिन्न मन्दिर, देवीस्थानहरुमा पनि गरिने गरिन्छ भने दु:खको कुरो आज पर्यान्त पनि उक्त देवी स्थानको संरक्षणको दिशामा भने कोही अघि नआउँदा यस वर्षदेखि “ भालुटार सात कन्ये सिंहदेवी पूजा आयोजक समिति” नामक एउटा औपचारिक समितिले अब उसो देवीको पूजा, संरक्षण, साफ – सफाई गर्न कम्मर कसेको छ |

लाबरको फेदको जरा भित्र – भित्रै बनेको देवीथानमा विभिन्न दैविक आकारहरुले साँचै देवीथान रोचक र आश्चर्यजनक देखिन्छ भने वर्षमा केवल एकैपल्ट मात्र पूजा गरिने हुनाले फेरि सफा गरेर मात्र पूजा गरिने अवस्था हुन्छ | यस्तो अवस्थादेखि देवीथानलाई संरक्षण गर्न पूजा आयोजक समितिले अब केही  दिन भित्रदेखि नै देवीथानलाई साफ – सफाई गर्दै इच्छुक आर्थिक सहयोगीहरुको सहयोग लिएर सिमेन्टेड मन्दिरको निर्माण गर्ने जमर्को पनि लिएको हुँदा इच्छुक धार्मिक समुदाय, संघ, संस्था लगायत कुनै पनि ब्याक्ति बिशेषले यी नम्बरहरुमा (8906952335,9563060910) सम्पर्क गरेर देवीथानको संरक्षण एवं मन्दिर निर्माण कार्यमा सहयोग गरिदिने समितिले निवेदन गरेको छ | मन्दिरको निर्माण कार्य संगै मन्दीर परिसरमा फेंनसिंग बार, पिउने पानीको सुविधाहरु पनि उपलब्ध गराउन पर्ने भएकोले इच्छुक व्यक्तिहरु एवं समुदायले कुनै एकको जिम्मेवारी लिन सक्ने पनि समितिले जनाएको छ |
स्मरण गराइन्छ कि विगत ८ – १० वर्ष पहिले यस देवी पूजामा सिटोंग – सेल्पू अथवा खोला पारीबाट पनि भारी मात्रामा भक्तजनहरु आउने गर्थे भने मंग्पू  सिटोंग – सेल्पूलाई जोड्ने पुरानो झोलंगे पूल नष्ट भएदेखि यता यो वर्खा मौसममा देवीको पूजा – अर्चना गर्नदेखि बंचित रहेको छ |
२४ मइको दिन सम्पन्न भएको उक्त पूजाका मुख्य पुजारी प्रदीप तामांग ( सतिश झ्याँक्री) लगायत तिलक छेत्री, राजेन छेत्री, सुबास राई (माङपा ) रहेका थिए |  
 

हरेक वर्ष गरिने भालुटार सात कन्ये सिंहदेवीको पूजा यस वर्ष पनि लाब्दाको फेद, रयांग खोलाको किनारमा अवस्थित पौराणिक देवीथानमा भालुटार(Bhalutar Devithan) सात कन्ये सिंहदेवी पूजा आयोजक समिति

Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.