मङपु कुवापानी देखि लाब्दा शान्तिधुरा सम्म ३.२२ लाखको लागतमा सड़क निर्माण शुरु

Inauguration of Road(Black top) from Kuwapani to Shanti Dhura by GTA Sabhasad Mr. Ratan Thapa,Labdah Mungpoo Const.
मङपु१७मई(केशर मोक्तान): प्रधानमन्त्रीग्राम  सड़क योजना अन्तर्गत मङपुविभाग  कुवापानी देखि लाब्दा शान्तिधुरा सम्म ३कड़ोर २२लाख रुपियाँको  लागतमा ४ कि.मि.   सड़कको शिलान्यास जी.टी.ए.बन विभागका कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट आज शिलान्यास गरियो | बाटो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे सभासद रतन थापाले उक्त सड़कको निर्माण कार्य सठीक सितले हुन पर्ने अनि सडकनिर्माण कार्य पुरा भए पछि यस रोडको सरक्षण सबैले गर्नुपर्ने जनाए | उनले मङपु विभागको राजमान धुरामा एस.एस.के.मात्र भएको कारण आगामी दिनमा यहाँ एक प्राथामिक पाठशाला नवनिर्माण गर्ने अनि यहा एक पुस्ताक्लयको पनि अतिआवश्यक रहेको कारण भविष्यमा एक पुस्तकालय पनि निर्माण गरिने बताए | यस क्षेत्रमा विकाशमुलक कार्यक्रमहरु आगामी दिनमा गर्ने बताउदै राजीब गान्धी विधुत योजना अन्तर्गत यहाको ग्रामीण छेत्रमा विधुत पूर्ण रुपले संचारको व्यवस्था गर्ने जनाए | सभासद थापाले पहिलो चरणमा कुवापानी देखि लाब्दा शान्तिधुरा सडक निर्माण गरिने अनि दोस्रो चरणमा शान्तीधुरा देखि ग्रामसेवक सम्म सडक नवनिर्माण गरिने बताउदै अन्य बिकाशमुलक कार्यहरु पानी गर्ने बताए |उक्त सम्पूर्ण कार्यहरु जी.टी.ए.मार्फत कार्यावन गरिने जनाए | यसरी मोर्चा मङपु जोन सचिव रतन लामाले स्थानीय वेकारी परिवारका युवाहरुलाई योग्यता अनुसार जी.टी.ए. मार्फत कार्यको व्यवस्था गरिदिने बताए/यस कार्यक्रममा ए.ई. सुदर्शन शर्मा अनि,मोर्चा मङपु जोन सभापति प्रदीप छेत्री,सिन्कोना यूनियन सचिव गगन राई,नारी मोर्चा सचिवा सूर्यमणि राई ,बुद्दकुमार थापा अनि गाउँलेहरु  साथै स्कूले नानीहरु उपस्थित थिए |

रधानमन्त्रीग्राम सड़क योजना अन्तर्गत मङपुविभाग कुवापानी देखि लाब्दा शान्तिधुरा सम्म ३कड़ोर २२लाख रुपियाँको लागतमा ४ कि.मि. सड़कको शिलान्यास जी.टी.ए.बन विभागका कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट आज शिलान्यास गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.