मङपुमा २५८८ नानीहरुलाई जापानीस इन्सफलाईटिस खोप लगाइयो

मङपु१७माइ: तक्दा खण्ड अन्तर्गत मङपुको तीनवाट रेसेप,लाब्दा अनि रोंगचोंग ग्रामपञ्चायत जम्मा २५८८ जना नानीहरुलाई जापानीस इन्सफलाईटिस खोप दुई दिन भित्रमा लगाइएको जानकारी स्वास्थ्य विभाग कर्मी भीमकुमार तामांगले दिएका छन | हिज मङपुको तीनवाट केन्द्र ज्ञानपीठ विद्यालय,सरस्वती विद्यालय अनि गान्धी प्राथामिक पाठशालामा उक्त रोग़ निवारण टिकाकरण खोप शिबिर राखिएको थियो भने आज मङपु विभाग,लाब्दा विभाग,आदर्सग्राम ७४ धुरा,पाखोला ,रोंगचोंग अनि लाब्दा बस्तीमा जापानीस इन्सफलाईटिस खोप १ देखि १५ बर्ष सम्म पुगेका नानीहरुलाई लगाइयो | उक्त संक्रमक  रोग़ले दार्जीलिंग क्षेत्रमा ३ जनाको ज्यान गइसकेको अधिकारिक पुष्टि भइसकेकोछ | यस कारण त्यस रोगको निवारण हेतु सरकारले उचित कदम उठाउदै यस प्रकारको स्वास्थ्य शिविरको आयोजन गरि जापानीस इन्सफलाईटिस खोप नानीहरुलाई लगाइएको थाहा लागेको छ | तक्दा खण्ड अन्तर्गत सेक्टर ए को मङपुमा आयोजित यस दुई दिने शिबिरमा डा.पी.पी.रोय,डा सौम्यदीप अनि सम्पूर्ण स्वास्थ्य कर्मीहरुले उपस्थित रहेर कार्यक्रमलाई सफलीभूत पारे | यसरी ६ महीना पश्चात फेरी उक्त खोप मङपुमा लगाइने जानकारी स्वास्थ्य विभागबाट प्राप्त भएको छ |

तक्दा खण्ड अन्तर्गत मङपुको तीनवाट रेसेप,लाब्दा अनि रोंगचोंग ग्रामपञ्चायत जम्मा २५८८ जना नानीहरुलाई जापानीस इन्सफलाईटिस खोप दुई दिन भित्रमा लगाइएको जानकारी स्वास्थ्य विभाग कर्मी भीमकुमार तामांगले दिएका छन |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.