अनशनकारी सभासदहरूको अवस्था चिन्ताजनक | मोर्चा मंग्पू जोनले १जुन चोकबजारमा विराट जनसभा गर्ने

Sabhasad hunger strike
मङपु३०मई(केशर मोक्तान: चारसुत्री मांगलाई  लिएर दार्जीलिंग जिल्ला शासक कार्यालय अघि आमरण अनसन बसेका  जी.टी.ए. सभासदहरूको अवस्था आज पाचौं दिनमा चिन्ताजनक  रहेको पार्टी सुत्रद्वारा  थाहा लागेको छ | अनसनकारीहरूको  रक्तचापमा स्थिरता देखा परेकोले शारिरीक समस्या उत्पन्न हुने तथा गत पाच दिनदेखि अनसनकारीहरुले खाना र पानीको सेवन नगरेको कारण पनि उनीहरुको रक्तचापमा उतार - चड़ाव, शारीरिक दुर्बलता देखा परेको स्वास्थ्य अधिकारीहरुले जनाएका  छन | आज अनसनकारीहरुलाई दार्जीलिंग महकुमा अधिकारीहरुले भेट गरि उनीहरुको शारीरिक दुर्बलतालाई ध्यान दिदै महकुमा अस्पतालमा भर्ति हुने अपील गरेता  पनि सभासदहरुले चार सुत्री मांग पुरा नभएसम्म  अनसनमा अडिग  रहने बताए |  दार्जीलिंग जिल्ला शासक कार्यालय अघि आमरण अनसनमा जी.टी.ए.बन विभागका कार्यकारिणी सभासद एवं लाब्दा मङपु समष्टिका सभासद रतन थापा पनि बसेका छन् भने उनको स्वास्थ्य बिषय जानकारी लिन एवं अनसनकारीहरूको मनोबल बड़ाउन आज मोर्चा मङपु जोन सचिव रतन लामाको अगुवाइमा पार्टी नेतृत्व,समष्टिका जनता लगायत सिन्कोना बगान श्रमिक कर्मचारीवर्गले भेट गरे | अनसनकारीहरुलाई  भेट गरि फर्केका मोर्चा प्रतिनिधिहरुले राज्य सरकारको नीतिको घोर बिरोध जनाउदै  अनसनकारीहरूको मांग बारे सरकारले झट्टै निर्णय लिनु पर्ने मांग गरेका छन | यसरी मोर्चा केन्द्र समितिको निर्णयलाई शिरोपर गर्दे पार्टीले आगामी दिनको कार्यक्रम  घोषणा गर्ने साथै आगामी १जुन शनिबार २०१३को दिन मङपुबाट समष्टिको जनता भेला भएर दार्जीलिंगमा बिराठ रेली निकाल्ने अनि  चोक बजारमा बिराठ जनसभा आयोजन गर्ने जानकारी गोजमुमो मङपु जोन सचिव रतन लामाले दिएका छन | यसरी लाब्दा मङपु समष्टिका जनताले  प्रतिदिन दार्जीलिंग जिल्लाशासक  कार्यालयमा  पुगी अनसनकारीहरुलाई भेट गरि उनीहरको मनोबल बबढाउने र   स्वाथ्यको जानकारी लिरहेको थाहा लागेको छ |

चारसुत्री मांगलाई लिएर दार्जीलिंग जिल्ला शासक कार्यालय अघि आमरण अनसन बसेका जी.टी.ए. सभासदहरूको अवस्था आज पाचौं दिनमा चिन्ताजनक रहेको पार्टी सुत्रद्वारा थाहा लागेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.