रोङचोङमा दुई परिवारको घर जलेर खरानी

मङपु१जून(केशर मोक्तान)
तक्दा खण्डको लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने रोङचोङ ग्रामपञ्चायतको रोङचोङ बस्ती निवासी ८०बर्ष वृद्ध तन्युक लेप्चा अनि छोरा वाङछेन लेप्चा साथै छिमेकी जीवन लेप्चाको घरमा विजुली शर्टसर्किटको कारण हिज राती सम्भवत ११.३० बजे राती घरमा आगलागी हुदा चारवटा घर जलेर खरानी हुनको साथै एउटा भान्सा घर पूर्ण रुपले क्षतिग्रस्त भएको छ/आगलागी हुन साथ गाउँलेहरूको सहयोगमा दुई घरको १३ जना परिवारलाई निकाल्न सक्षम भएता पानी आगोको ज्वाला एकदमै ज्यादा भएको कारण आफूले लगाएको लुगा बाहेक अन्य केही पनि सरसमान निकाल्न नपाएको जानकारी घर मालिक वाङछेन लेप्चाले पत्रकारहरुलाई बताए/आगलागीमा गाउँलेहरुको सहयोगमा कसैको ज्यान नगएताप पनि सम्पूर्ण सरसामान भने जलेर खरानीमा परिणत भए/ आगलागी भएको घटना थाहा पाउन साथ कालेबुङबाट अग्निसमन विभागको वाहन बिहान दुई बजे लोहापूल आइपुगेता पनि रोङचोङ बस्ती जाने सड़कको मुखैमा विजुली बत्तीको पोल रहेकोले अग्निसमन विभागको वाहन त्यस ठाउँमा छिर्न नसेकोले कारण घटना स्थलमा पुग्न सकेनन्/फलतः अग्निसमन विभागका कर्मचारीहरुले घटनास्थलमा पुगी आगोलाई निभाउन सहयोग पुराएको परिवार पक्षले जानकारी दिए/यसरी घरमा सर्टसर्किटको कारण आगलागी भए पछि वाङछेन लेप्चाको घरबाट दुईवटा गडरेज,तीन तोला सुन,बीस हजार रुपियाँनगद राशी, चार वाट मोबाइल फोन,एउटा (W.B.74.B.7651)bbबजाज क्लासिक स्कुटर,टेलिभिजन लगायत घरको अन्य सरसामान सहित कागजपत्र पनि जलेर खरानी भएको छ/यसरी जीवन लेप्चाको घरबाट पनि सोकेस संगै घरको सम्पूर्ण सरसामान जलेर गएको पिडित परिवार पक्षले जनाएका छन/वाङछेन लेप्चा लोहापूल डाकघरको एक कर्मचारी रहेकोले उनको घरबाट कतिवटा सरकारी कागजपत्र पनि जलेको उनले बताए/ वाङछेन लेप्चाको पिता तन्युक लेप्चाले आफूले दुखकष्टको साथमा १९७६ सालमा निर्माण गरेको घर यसरी आगोको चपेटमा परे पछि एकदमै दुखि बन्दै अब बस्ने घर सम्म नभएको गुनासो व्यक्त गर्दे सरकारले यस विषयमा झट्टै ध्यानदिएर घर निर्माण गरिदिने अपील गरेका छन/उक्त ठाउमा आगलागी घटना भएको खबर सुन साथ आज बिहान रोङचोङ ग्रामपञ्चायत सचिव के.पी.शर्मा अनि कर्मचारी सन्तोष दर्नाल घटना स्थलमा पुगी तक्दाखण्ड कार्यालयमा खबर गरे/ यसरी तत्कालै तक्दा खण्डबाट डिजास्टर मेनेजमेन्टका अधिकारी रिन्छेन शेर्पा अनि उनको टोली आगलागी घटना स्थलमा पुगी दुई परिवारकै निम्ति क्षतिपुरन राशीहेतु  नगदराशी सातहजार रुपियाँ ,एक बोरा चामल,दशवाट तारपोलिन पाचवटा साड़ी अनि पाचवटा धोती पिडित परिवारवर्गलाई हस्तान्तरण गरियो/ आगोले उग्र रूप लिएर गाउँको अन्य घरहरु पनि भेट्ने सम्भावना भए पछि गाउँलेलेहरुले जीवन लेप्चाको भान्सा घर तोडेर पल्टाए तब मात्र आगोलाई नियन्त्रणमा लेउन् सकिएको जान्नमा आएको छ/बारम्बार यस क्षेत्रमा आगलागीको घटना घटी रहने  भएको कारण मङपु  क्षेत्रमा एउटा अग्निसमन केन्द्रको अतिनै आवश्यकता देखिएको छ यसर्थ मङपुमा झट्टै एउटा अग्निसमन केन्द्र निर्माण गरिदिने स्थानीय जनताले सम्बन्धित विभागलाई मांग गरेका छ/

तक्दा खण्डको लाब्दा मङपु समष्टि अन्तर्गत पर्ने रोङचोङ ग्रामपञ्चायतको रोङचोङ बस्ती निवासी ८०बर्ष वृद्ध तन्युक लेप्चा अनि छोरा वाङछेन लेप्चा साथै छिमेकी जीवन लेप्चाको घरमा विजुली

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.