दार्जीलिङमा एन्टी ड्रग्स डे (Anti Drug Day) पालन

Anti Drug Day Signature Campaign in Darjeeling Chowrasta
 चौरास्ता परिसरमा चित्र प्रदर्शनी, हस्ताक्षर अभियान
दार्जीलिङ,26 जून | शरण गुरुङ: वर्ल्ड एन्टी ड्रग्स डे पालन गर्दै कृपा फाउन्डेसन दार्जीलिङ(Kripa Foundation Darjeeling) अनि बंगाल एक्साइज विभाग(Bengal Excise Dpt.)को संयुक्तरूपमा दुर्व्यसनमाथि सचेतना फैलाउन चौरास्ता परिसरमा चित्र प्रदर्शनी, हस्ताक्षर अभियान अनि पर्चा वितरकार्य सम्पन्न गर्‍यो। कृपा फाउन्डेसनले 1992 सालदेखि नै लगातार वर्ल्ड एन्टी ड्रग्स डे पालन गर्दै आइरहेको बताउँदै फाउन्डेसनका सेन्टर इन्चार्ज हिरेन प्रधानले यसवर्ष आर्थिक स्थिति सबल नभएकोले भव्यरूपमा कुनै कार्यक्रम नगरेको बताए। यसवर्षको कार्यक्रममा बंगाल एक्साइज विभागबाहेक अन्य कत्तैबाट सहयोग नपाएको पनि उनले बताए। फाउन्डेसनको तर्फबाट शहरको विभिन्न ठाउँमा पर्चा वितरणकार्य पनि गरियो।

घूम: सोसाइटी फर प्रोमोसन अफ युथ एण्ड मासेस दार्जीलिङद्वारा पनि घमू रेलवे स्टेशन परिसरमा वर्ल्ड एन्टी ड्रग्स डे पालन गरियो। संघको तर्फबाट स्टेशन परिसरमा नशाको दुरूपयोग अनि सचेतनाको निम्ति चित्र प्रदर्शनी गरियो। कार्यक्रममा घूम जोरबंगलोक्षेत्रका विभिन्न स्वनिर्भर दलहरूले भाग लिएका थिए। कार्यक्रममा एचपीवाइएमका प्रोजेक्ट डाइरेक्टर विकास शर्माले दुर्व्यसनबारे सचेतनामूलक वार्ता राखे।

एन्टी ड्रग्स डे (Anti Drug Day - Darjeeling) पालन- वर्ल्ड एन्टी ड्रग्स डे पालन गर्दै कृपा फाउन्डेसन दार्जीलिङ(Kripa Foundation Darjeeling) अनि बंगाल एक्साइज विभाग(Bengal Excise Dpt.)को संयुक्तरूपमा

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.