गीतडाब्लिङ-गीतवियोङ क्षेत्रमा नयाँ फर्मर्स क्लब गठन

Farmers club kalimpong
कालेबुङ, 28 जून। प्रदीप लोहगुन: कालेबुङ कृषक कल्याण संगठनको अधिनमा गीतडाब्लिङ(Gitdabling)-गीतवियोङ क्षेत्रमा नयाँ फर्मर्स क्लबको गठन  गरिएको छ। क्षेत्रको कृषि प्रवर्द्धनको निम्ति कृषकहरूलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले गठन गरिएको क्लबको बिहीबार विधिवत उदघाटन गरिएको थियो। यस अवसरमा स्पाइसेस बोर्डका अतिरिक्त निदेशक एम एस रामालिङ्गम प्रमुख अतिथि थिए भने भारतीय कृषि अनुसन्धान संस्थानको कालेबुङ कार्यालयका मुख्य वैज्ञानिक डा एभौमिक, नाबार्डका जिल्ला विकास प्रबन्धक वाल्टर कुजुर, संगठनका महासचिव बिष्णु छेत्री आदि विशिष्ट अतिथि थिए। छेत्रीले फार्मर्स क्लबको गठनको आवश्यकता र उद्देश्य, यसको कार्यप्रणाली र भूमिकाबारे क्षेत्रका कृषि उत्पादकहरूलाई अवगत गराएका थिए। कृषक कल्याणको छत्रछाँयामा बसेर खेतीपाती गरी आर्थिक रुपले सुदृढ हुन चहाने कृषकहरूलाई सम्बन्धित निकायहरू स्पाइसेस बोर्ड, नाबार्ड अनि कृषि अनुसन्धान संस्थानले भरपूर सहयोग प्रदान गर्ने यसका अधिकारीहरूले प्रतिश्रुति पनि दिएका छन। भारत अनि जर्मन सरकारको संयुक्त उपक्रममा संगठनले सञ्चालन गरिरहेको छातापरियोजना प्राकृतिक सम्पदा विकास योजनाअन्तर्गत क्षेत्रका एक सयजना सदस्य कृषकहरूमध्ये शुरुमा पन्ध्र जनालाई ऋण र अनुदान उपलब्ध गरिने तय गरिएको पनि संगठनका प्रमुख विष्णु छेत्रीले जानकारी दिएका छन। तिनले बताए अनुसार अलैँची खेती, गाईपालन, भर्मिकम्पोज्ड मलको उत्पादन जस्ता कार्यहरूको निम्ति कृषकहरूलाई ऋण अनि उपलब्ध गराइने छ। फार्मर्स क्लबको उदघाटनको अवसरमा कृषि अनुसन्धानका वैज्ञानिक डा ए भौमिकले कृषकहरूलाई अलैँचीमा लाग्ने रोग अनि यसको रोकथामका घरेलु अनि जैविक उपायहरूबारे जानकारी प्रदान गरेका थिए। तिनले कृषिसम्बन्धी रोगहरूको विभागीय तौरमा निशुल्क जाँच गरिदिने आश्वासन पनि दिएका छन। यता, स्पाइसेस बोर्ड अतिरिक्त निदेशक एम एस रामालिङ्गमले अलैँची खेतीको निम्ति कृषकहरूलाई प्रोत्साहन प्रदान गर्न विभागबाट सहुलियतहरू प्रदान गरिने बताएका छन। गनेउलाबाट उत्पादित मल, अलँइचीको नर्सरी र खेती अनि जलस्रोतका संरक्षणको निम्ति कृषकहरूले लगाएको निवेशको कूल रकमको चालिस प्रतिशत सहुलियत प्रदान गर्ने तिनले आश्वासन दिएका छन। अर्कोतिर, अलैँची उत्पदनको निम्ति तैयार गर्न पर्ने नयाँ स्वरुपको भट्टीको निर्माण, लघुसिँचाईको प्रबन्धन अनि अलैँचीको ग्रेडिङ, पेकिङको उचित व्यवस्थापनको सुबिधाको निम्ति नार्बार्डको तर्फबाट पदक्षेप ग्रहण गरिए जिला बिकास प्रबन्धक वाल्टर कुजुरले प्रतिश्रुति दिएका छन।

कालेबुङ कृषक कल्याण संगठनको अधिनमा गीतडाब्लिङ(Gitdabling)-गीतवियोङ क्षेत्रमा नयाँ फर्मर्स क्लबको गठन गरिएको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.