Mungpoo Ekta Welfare Foundation द्वारा अग्नि पीडित परिवारलाई सहयोग

Mungpoo Ekta Welfare Foundation
मङपु (केशर मोक्तान): मङपु एकता वेलफेर फाउन्डेसन (Mungpoo Ekta Welfare Foundation) ले जहिले पनि दुखको क्षणमा पीडित परिवारलाई सहयोग गर्दे आइरहेको सर्वविधित नै छ भने कर्म नै धर्म हो भन्ने तथ्यलाई शिरोपर  लिएर एकता वेलफेर फाउन्डेसन समाजका सदस्य सदश्याहरुले सामजिक कार्यहरु गर्दे आइरहेका छन | यसरी मङपु रोंङचोङ ग्राम पञ्चायत अन्तर्गत पर्ने रोंङचोङ बस्ती निवासी तेन्युक लेप्चा अनि जसमाया लेप्चा दुई परिवारको घर गत ३१ मईको राती सर्ट सर्किटको कारण आगलागी भएर सम्पूर्ण समान खरानी भएको थियो जसको कारण उनीहरु हालमा मध्ये बर्खा माझको झरीमा छिमेकीको घरमा शरण लिन बाध्य भइरहेका छन | यस्तो अवस्थामा ती दुई अग्निपीडित परिवारलाई सहयोगको हात बड़ाउन्  एकता वेलफेर फाउन्डेसन समाज आघि आएका छन | एकता वेलफेर समाजिक संस्थाको पक्षबाट ती दुई परिवारको सदश्यलाई चामल ८७.कि.ग्राम,बस्त्र एक बोरा,मैदा २०के.जे. अनि नगद राशी २२ हजार रुपियाँ प्रधान गरिएको जानकारी संस्थाको सभापति सुबास राईले दिएका छन | स्मरण रहोस उक्त समाजिक संस्थाले आइला पिडीत,भुइचालो पीडित,बिहार बाड़ पिडित अनि पहिरो पीडित  परिवारलाई सहयोग गर्द आइरहेका छन भने उक्त समाजले मङपु क्षेत्रमा साफसफाई अनि वृक्षरोपण पनि गर्दे आइरहेका छन |

मङपु एकता वेलफेर फाउन्डेसन (Mungpoo Ekta Welfare Foundation) ले जहिले पनि दुखको क्षणमा पीडित परिवारलाई सहयोग गर्दे आइरहेको सर्वविधित नै छ भने कर्म नै धर्म हो भन्ने तथ्यलाई

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.