कालेबुङ तृणमूल नेत्री ननिता गौतमले खोज्दैछ छेवाङ भोटिया हम्लाकाण्डमा न्याय

TMC kalimpong leader Nanita Gautam
कालेबुङ, 29 जून। प्रदीप लोहगुन: हिल तृणमूल कङ्ग्रेसको कालेबुङ शाखाले आज एउटा बैठकको आयोजना गरी केही महत्वपूर्ण बूँदाहरूबारे छलफल गरेको छ। दलकी महिला नेत्री ननिता गौतमको 12 माइलस्थित आवासमा सम्पन्न दलको आन्तरिक बैठकमा हिल तृणमूलका उपाध्यक्ष केएन सुब्बा, सचिव प्रबीण रहपाल, महकुमा अध्यक्ष छेवाङ भोटिया, सीपी पौड्याल, कृष्ण अधिकारी, पेमा मोक्तान, उर्गेन लामा आदि प्रमुख रुपले उपस्थित थिए। दलका नेतृ अनि कार्यकर्ताहरूले सांगठनिक विस्तार, आन्दोलनकालका वकाया बिक्री कर अनि बिजुलीको बील, छेवाङ भोटिया आक्रमणकाण्डमा पुलिसको भूमिका अनि डूवर्समा पञ्चायत चुनाउजस्ता विषयहरूबारे गम्भीर छलफल भएको श्रीमती ननिता गौतमले बताएकी छन। तिनले छेवाङ आक्रमणकाण्डका आरोपीहरूको पक्राउ गर्ने दिशामा प्रशासनको ढिलासुस्ती आचरणको बैठकमा व्यापक आलोचना भएको जनाएकी छन। छेवाङ काण्डका आरोपीहरूको पक्राउ गर्न प्रशासनले कठोर कार्वाही अख्तियार गर्ने वातावरण बनाउन प्रशासनको शीर्षस्थ तहका अधिकारीहरूसम्म गुहार लगाउने कुरामा बैठकमा चर्चा भएको छ। छेवाङ भोटियाका आक्रमणकारीहरूलाई पक्राउ गर्ने दिशामा पुलिसको भूमिका सन्देहजनक छ। पुलिसको कार्यशैलीसँग हामी सन्तुष्ट छैनौं। आरोपीहरू पक्रा परेका केही घटनाहरूमा पनि प्रशासनको भूमिका नाटकीय छ। आरोपीहरू वरिपरि घुमिरहेका छन तर पुलिसले दृढताकासाथ कार्वाही गरेर तिनीहरूलाई पक्रन सकेको छैन हिल महिला तृणमूल अध्यक्ष ननिता गौतमले भनिन। तिनले पुलिसको अभियानबारे उल्टै केही पुलिसकर्मीहरूले अरोपीहरूलाई सूचना चुहाउने गरेको आरोप पनि लगाएकी छन। तिनले यस घटनामा पक्रा परेका आरोपीहरूलाई स्वास्थ्य समस्या र उपचारको कारण देखाएर राहत दिने कार्य भइरहेको दाबी पनि गरेकी छन। आपराधिक मामिलाका आरोपीहरूलाई पक्राउ गरी पुलिसले आफ्नो दह्रो छबि स्थापित गरे सर्वसाधारणमा सुरक्षाको भावना बढ्ने तिनको भनाइ छ। यता,आन्दोलनकालका सेल्स ट्याक्स र बिजुलीको बकाया राशिलाई लिएर उत्पन्न अन्योलता र आतङ्कबारे बैठकले जिल्ला समितिमार्फत दलका जिम्मेवार पदाधिकारीहरूसम्म कुरा उठाउने प्रस्ताव ग्रहण गरेको छ। यसबाहेक सागंठनिक विस्तार र सुढृढिकरणको निम्ति आजको आन्तरिक बैठकले पारित गरेको प्रस्तावहरू पनि जिल्ला समितिलाई पठाउने श्रीमती गौतमले पठाएकी छन। ‘मोर्चाको आन्दोलनकालमा नतिरिएका सेल्स टेक्स र बिजुलीको बीललाई लिएर अहिले पहाडका व्यापारीवर्ग र आममानिसहरूले धेरै समस्याको सामना गर्नुपरिरहेको छ। हामी यो मुद्दाबारे पार्टीको शीर्ष स्तरमा उठान गर्नेछौं। तिनीहरूलाई सरकारबाट राहत दिलाउने दिशामा हामी सचेष्ट छौं’ तिनले भनिन। तिनले डूवर्समा हुने आसन्न पञ्चायत चुनाउमा दलका प्रार्थीहरूको पक्षमा प्रचार गर्न पनि हिलका नेताहरू तयार रहेको जानकारी पनि दिएकी छन। डूवर्सको गोर्खाबहुल क्षेत्रहरूमा खडा भएका आफ्ना प्रार्थीहरूको पक्षमा त्यहाँ गएर चुनाउ प्रचार गर्ने विषयबारे आजको बैठकमा पनि चर्चा र छलफल भएको तिनको भनाइ छ। डूवर्समा चुनाउ प्रचारको निम्ति हामीलाई बोलावट भइरहेको छ। दलका नेता गौतम देबको निर्देश पाएपछि हामी ती क्षेत्रहरूमा गएर चुनाउ प्रचार गर्नेछौं तिनले भनिन। दलको सांगठनिक बिस्तारको कार्य र गतिविधिलाई सुचारु र व्यवस्थित पार्न कालेबुङ शहरमा चाढै नै पार्टी कार्यालयको स्थापना गर्ने जानकारी पनि श्रीमती गौतमले दिएकी छन।

हिल तृणमूल कङ्ग्रेसको कालेबुङ शाखाले आज एउटा बैठकको आयोजना गरी केही महत्वपूर्ण बूँदाहरूबारे छलफल गरेको छ।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.