मङपुममा अनियमित विधुत सर्वाह हुँदा उपभोक्ताद्वारा कार्यालय घेराव

No Electricity in Mungpoo
मङपु१६जुन(केशर मोक्तान)
मङपुमा  तीन दिन देखि विधुत अनियमित  रहेको कारण स्थानीय रेसेप  बजारका विधुत उपभोक्तावर्गले आज मङपु विधुत कार्यालय घेराव  गरे | यसरी मङपु विधुत कार्यालयको अधिकारी संजीब सुब्बासित उपोभोक्तावर्गले भेट गर्दा उनले मङपुमा भइरहने विधुत अनियमितता बारे २४ अप्रेल २०१३को दिन नै  लिखित रुपमा डिभिजन मेनेजरलाई दिसकेको आवगत गराउदै हाईटेन्सन लाइन ठेकदारले देखरेख गर्ने भएको कारण अनि यस क्षेत्रमा नयाँ ठेकदार रहेको कारण नै विधुत अनियमितता रहेको अधिकारी सुब्बाले जनाए | गत दुई महीना देखि यस क्षेत्रमा नयाँ टेकमान रहेको कारण अनि उनले सहि तरिकाले हाईटेन्सन लाइनको काम नगरेको कारण नै विधुत अनियमितता रहेको थाहा लागेको छ | कालिम्पोङबाट जड़ान् गरि मङपुमा ल्याइएको  हाईटेन्सन तार टिस्टा नदीको किनार साथै जंगल क्षेत्रबाट ल्याएको  करण नै धेर मात्रमा बाधा हुन पुगेको पनि थाहा लागेको छ | यसै कारण २७माइल एन.एच.पी.सी. जलबिधुत परियोजनाबाट स्टेप डाउन ट्रान्सफरमर राखेर यस क्षेत्रको निम्ति विधुत जडान गरे मात्र स्थायी रुपमा विधुत समस्याको समधान हुने विधुत अधिकारीबाट जानकारी प्राप्त भएको छ | बारम्बार भइरहने विधुत अनियमितता कारण ठेकदारलाई झट्टै परिवर्तन गर्ने स्थानीय विधुत उपभोक्तावर्गले मांग गरेका छन | विधुत अनियमितताको कारण हाइवे रम्बीबजार,लोहापूल सुन्तले,बिरिक २०माइल,मङपु .सिटोंग कमान अनि लाटपन्चर  क्षेत्रमा पूर्ण रुपले अन्धकारमय छाएको छ | आज रेसेप बजार विधुत उपभोक्ताले नियमित रुपमा मङपुमा विधुत सर्वहारा गर्ने मांग गर्दे एक पत्र तयारी गरि सम्पूर्ण उपभोक्तावर्गले हस्ताक्षर गरि भोली कालेबुङ विधुत कार्यालयमा गई सम्बन्धित विभागका अधिकारीवर्गलाई उक्त ज्ञापन पत्र बजाउने भएको छ | दैनिक विधुत अनियमितताको कारण हालमा अर्धबार्षिक परीक्षा भइरहेका  बिधार्थीवर्गलाई धेरै नै बाधा पुगिरहेको जान्नमा आएको छ | 

मङपुमा तीन दिन देखि विधुत अनियमित रहेको कारण स्थानीय रेसेप बजारका विधुत उपभोक्तावर्गले आज मङपु विधुत कार्यालय घेराव गरे |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.