विभिन्न विद्युत समस्या लिएर क्रामाकपाले विद्युत विभाग क्षेत्रीय प्रबन्धकलाई भेटे

West Bengal state electricity board
कालेबुङ, 27 जून। प्रदीप लोहागुन: क्रामाकपाले आज विद्युत विभागको क्षेत्रीय प्रबन्धक सोमनाथ रोयलाई भेटेर उपभोक्ताहरूले हालमा भोग्न परिरहेका जटिलताबारे चर्चा गरेको छ। बुधबार क्रामाकपाको कालेबुङ आञ्चलिक समितिको टोलीले विभागको दस माइलस्थित कार्यालयका स्टेशन म्यानेजरलाई भेटेर समस्याबारे चर्चा गर्दा ठोस निष्कर्ष निस्कन नसकेपछि आज क्षेत्रीय प्रबन्धकलाई भेटेर कुरा उठान गरेको हो। यहाँको रिङकिङपोङस्थित क्षेत्रीय प्रबन्धकको कार्यालयमा पुगेर क्रामाकपाको आञ्चालिक अध्यक्ष किशोर प्रधान, सचिव मोहन पौड्याल, भीम गुरूङ आदिको टोलीले विद्युत उपभोक्ताहरूले हालमा झेल्नपरिरहेको समस्याहरूबारे विमर्श गरेको छ। मिटर रिडिङ नगरी अनुमानित तवरले बील पठाउने, बील भुक्तान गर्न ढिल्याइ भएका उपभोक्ताहरूको लाइन काट्ने, निम्न औसतमा उपभोग गरिए पनि अत्याधिक बील पठाउने जस्ता विभागीय कार्यको सम्बन्धमा क्रामाकपा नेताहरूले डीएमसँग आलोचना गरेका थिए। ‘मिटर रिडिङ नै नगरी बील पठाउने अभ्यास बन्द गर्न हामीले माग गरेका छौं। तिनले विभागमा यो अभ्यास जारी रहेको स्वीकार गर्दै मिटर रिडिङको प्रक्रिया चालु गर्ने आश्वासन दिएका छन’ आञ्चालिक सचिव मोहन पौड्यालले भने। तिनले ठूलो रकम वकाया रहेका उपभोक्ताहरूको लाइन काट्ने, अत्याधिक बील पठाउने जस्ता विषयहरूबारे पनि गम्भीर छलफल भएको जानकारी दिएका छन। पार्टीले बर्ष 2008-11-को आन्दोलनको अवधी अनि विभागले लाइन काट्ने भनिएको पाँच हजार रुपियाँभन्दा धेर बाँकी भएका उपभोक्ताहरूको नामको सूची पनि माग गरेको पौड्यालले बताएका छन। यसबाहेक क्रामाकपा नेताहरूले टिस्टा जलविद्युत परियोजनाबाट राज्य सरकारले पाउने 12% बिजुलीबाट परियोजनास्थल संलग्न क्षेत्रका उपभोक्ताहरूलाई निशुल्क विद्युतको सुबिधा प्रदान गरिनु पर्ने माग पनि गरेका छन। ‘सम्बन्धित निकायका शीर्षस्थ अधिकारीसम्म हाम्रो कुरा पुर्‍याइ दिन तिनलाई अनुरोध गरेका छौं’ पौड्यालले भने। 

क्रामाकपाले आज विद्युत विभागको क्षेत्रीय प्रबन्धक सोमनाथ रोयलाई भेटेर उपभोक्ताहरूले हालमा भोग्न परिरहेका जटिलताबारे चर्चा गरेको छ।

Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.