राज्य सरकारले जी.टी.ए.को क्षमतालाई कटौती गरेर अपांग बनाउने काम गरिरहेको छ

Gorkhaland Territorial Administration(GTA) Sign
मङपु२जुलाई(केशर मोक्तान): ४६ महिनाको  आन्दोलन पछि प्राप्त  भएको जी टी.ए. राज्य जतिकै क्षमतावन भएता पनि राज्य सरकारले जी.टी.ए.को क्षमतालाई कटौती गरि अपांग बनाउने काम गरिरहेको छ तर राज्य सरकारको यो  षड्यन्त्र सफल हुने छैन भनि आज स्थानीय सार्वजनिक भवनमा रम्बीबीचकमान गोजामुमो शाखाद्वरा आयोजित जनसभालाई सम्बोधन गर्दे मोर्चा मङपु जोन सचिव रतन लामाले जनाए | जी.टी.ए सभाले पूर्ण क्षमतावन जी.टी.ए. हुनपर्छ भनि प्रस्ताव पारित गरि राज्य सरकार कहाँ पठाइसकेको सचिव लामाले  बताए | उनले सिन्कोना उद्योगप्रति जी.टी.ए.को ठुलो योजना रहेको छ जसलाई सफल तुल्याउने  सिन्कोनाबासी एक भइ बस्न जरुरी रहेको जनाउदै गोरामुमो र पुर्बराज्य सरकारले सिन्कोनालाई निजीकरण गर्ने प्रयास गरेको थियो तर आज आएर जी.टी.ए.ले सिन्कोनालाई सुचारुपले संचालन गर्ने अवस्थामाल्याइपुराएको छ | सिन्कोना बगानमा मोर्चाको प्रयासमा बन्द बदली काम,पदोन्नति,अनि नव नियुक्ति खोलिएको हो भन्दै भोलिको दिनमा अन्य पार्टीको कारण सिन्कोना बन्द हुन पुगे त्यसको जिमेवारी त्यही  पार्टी रहने लामाले जनाए | गोजामुमो शाखा सभापति राजबीर पाख्रीनको अध्याक्षतामा सम्पन्न भएको सभालाई सम्बोधन गर्दे दार्जीलिंग तराई डवार्स प्लान्तेशन लेबर यूनियन सिन्कोना जोन केन्द्र समिति सचिव गगन राईले राज्य सरकारको षड्यन्त्रको शिकार पहाड़ हुन थालेको छ अनि राज्य सरकारले हाम्रो एकतामा बिभाजन ल्याइ   तृणमूल पार्टी विस्तार गरिरहेको छ र यसमा मुख्य भूमिका प्रशासनको रहेको पनि उनले आरोप लगाए | हाम्रो अन्तिम युद्ध सकिएको छैन र हामी एकजूट  हुन जरुरी रहेको छ | यहाँ बिभिन्न कुतत्व पार्टीको विस्तार हुने कार्य भईरहेको छ यसको हामी घोर बिरोध गर्छौं | जी.टी.ए.फेल बनाउनको निम्ति समाजको कुतत्वहरुले सहयोग गरिरहेको आरोप लगाउदै सचिव राईले जी.टी.ए.को क्षमता र अधिकारलाई कटौती गर्ने काम राज्य सरकारले गरिरहेको आरोप लगाए | गोरामुमो  जनता विरोधी पार्टी हो जसले पहाड अनि सिन्कोनाबासीको २१ बर्ष व्यर्थै खाइदिएको बताए | संजय राईले संचालन गरेको सभामा गोजामुमो शाखा सचिव सुजित तामांङले स्वागत सम्भाषण राखे भने मोर्चा मङपु जोन सभापति प्रदीप छेत्री लगायत अन्यले पनि सभालाई सम्बोधन गरे |

४६ महिनाको आन्दोलन पछि प्राप्त भएको जी टी.ए. राज्य जतिकै क्षमतावन भएता पनि राज्य सरकारले जी.टी.ए.को क्षमतालाई कटौती गरि अपांग बनाउने काम गरिरहेको छ

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.