लाब्दा सिन्कोना बगान मङपुमा गोरामुमो भिलेज कमिटि गठन

GNLF Village committee in labdah,mungpoo
मङपु२ जुलाई(केशर मोक्तान) : बिगतका  मङपु लाटपन्चर समष्टि अनि  वर्तमानका लाब्दा मङपु समष्टिमा पनि गोरामुमो पार्टीको बिस्तार  हुने क्रमजारी देखिन थालेको छ | मङपु लाटपन्चर गोरामुमो पार्टी सयोजक के० बी० गुरुङले केही दिन अघि नै यस समष्टिमा १९ वाट कमिटि गठन भइसकेको  बताउदै यसको औपचारिक घोषणा  हुन मात्र बाकी रहेको  कुरो बताइसकेका थिए भने  हालमा यस समष्टिमा पनि  गोरामुमो भिलेज कमिटि (GNLF Village committee in labdah,mungpoo) गठन गर्ने क्रम जारी रहेको देखिन थालेको छ | हिज स्थानीय लाब्दा बस्तीमा गोरामुमो भिलेज कमिटि गठन भयो भने आज लाब्दा सिन्कोना बगानमा पनि गोरामुमो कमिटि गठन भएको छ | हिज भिलेज चीफ भिक्टोर पाख्रीनको बासगृहमा गणेश वाईबा सभापतित्वमा गोरामुमो लाब्दा शाखाको सभा सम्पन्न भयो | कैलाश पाख्रीनले संचालन गरेको सभामा उपस्थीत गोरामुमो पार्टीको पक्षमा सम्पूर्ण सदश्यहरुले आ आफ्नो विचार अनि तर्क प्रस्तुत गरे | पार्टीको बिस्तार अनि भी.सी.पी. गठन अनि पार्टीको आगामी कार्यक्रम र रणनीति बारे व्यापक रुपमा चर्चापरिचर्चा गरियो | यसरी लाब्दा विभागमा गोरामुमो भिलेज कमिटि निम्न् प्रकारले गठन गरियो जसमा सभापति भिक्टोर पाख्रीन, सचिव इन्द्र बहादुर मोहोरा,कोषध्यक्ष कैलाश पाख्रीन,सल्हाकार  गणेश विबा,दिलीप राई अमृत प्रसाद पाख्रीन लगायत ३२ जना कार्यकारिणी सदस्य चयन गरियो | सभामा बक्ताहरुले वर्तमान पहाडको राजनैतिक व्यवस्था पारदर्शीता र विश्वसनीयता नभएको कारण पहाड लगायत सम्पूर्ण भारतभरी छरिएर बसेका गोर्खे सन्तानको भविश्य हित र अधिकारको जगेरा हुन सकिरहेको छैनन् | सत्तासिन पार्टीले मूल मुद्धा बेचेर खाइसकेपछि ढाँटको राजनीति शुरु गरेको छ |  यदी उनीहरु आफ्नो सिधन्तामा एक थोपा मात्र इमन्दार छन भने पहाडमा त्रीस्तीय पञ्चायत चुनाव गरेर देखाउन | अब उसो येस्तो प्रकारको भ्रमित र  उदेश्यहिन् कार्यलाई रोक लगाउन गोरामुमो पार्टी सधैँ तत्पर रहेको साथै यहाँको जनता जनार्धनले पनि डरको राजनीति त्येगेर व्यक्तिगत स्वार्थलाई पन्साएर सत्य र सुरक्षा दिने  कुरा के हो त्यो बुज्न पर्ने समय आएको छ | सन १९५०को इन्डो नेपाल सम्झौताले गर्दा हामीलाई नेपालबाट यहा काम गर्ने आएको कामदार सम्झछन  केन्द्र अनि राज्यले यसैले समग्रमा आज पहाडलाई छैटौंअनुसूचीको नितान्त अवश्यक्त पर्न गएको छ | छैटौंअनुसूचीद्वरा मात्र हामीलाई आफ्नो माटोको मालीकको अधिकार प्राप्त हुनेछ | सभामा बक्ताहरुले यहाको मुद्धाहिन्  पार्टी र बुद्धिहीन नेताको पछि लग्नु नहुने बिशेष उल्लेख गर्दे गोरामुमो सुप्रिमो सुबास घिसिङको आदेशलाई शिरोपर राखेर छैटौंअनुसूचीलाई नै पहाडमा चाड़ो भन्दा चाड़ो लागु गराउने यहाको गोरामुमो पार्टीले प्रण लिए भन्ने जानकारी प्रेस बिज्ञप्ती मार्फत पार्टी शाखा सभापतिले दिएका छन |

बिगतका मङपु लाटपन्चर समष्टि अनि वर्तमानका लाब्दा मङपु समष्टिमा पनि गोरामुमो पार्टीको बिस्तार हुने क्रमजारी देखिन थालेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.