मङपु१३जुलाई(केशर मोक्तान): आज त्रीकला सदन मङपुको आयोजनमा स्थानीय
रम्बी बीचकमान सार्वजनिक
भवनमा आदिकवि भानुभक्त आचार्यको
१९९ वा जन्म जयन्ती भब्य रुपले
पालन गरियो | शुरमा समरोहका सभापति
डी.पी. चामलिंङ अनि प्रमुख अतिथि
ए.के गुरुङको बाहुलीबाट कविको
तस्बीरमा दीप प्रज्वलन गरियो | दीप
थापा अनि सागर गुरुङले संचालन
गरेको समरोहमा सीमिरण गुरुङ
अनि प्रदुन खवाशले देश भक्ति
गीत प्रस्तुत गरे | यसरी जगत
राईले आदिकवि भानुभक्तको जीवनी
माथि वार्ता प्रस्तुत गरे पछि
बिजनबारीबाट आएका अनील फागोले
आफ्नो गीति एल्बम रचनाबाट सुन्दर
गीत प्रस्तुत गरेर सबैलाई मन्त्र
मुग्ध पारे | कार्यक्रममा रेजीना
गुरुङ,सागर खवाश,अनि साथीहरुले
रामायण पाठ प्रस्तुत गरे पछि
साहित्यकार सुरेन्द्र थीङ,शरद
रावत, देवलाल मोक्तान,शरण मुस्कान,सहनु
भटराई ,पुस्कर सिंगर,लेखनाथ
छेत्री,कर्ण बिरही,फुरतेज शेर्पा,जगत
राई दीप थापा,सी.पी.राई,सुजाता
राई लगायत अन्यले मिठो कविता
वाचन गरे | अन्त्यमा सभाध्यक्षको
छोटो सम्भाषण सहित कार्यक्रम
अन्त गरियो |
मङपुमा १९९ वा भानु जयन्ती पालन
13Jul2013
Post a Comment