मङपु१३जुलाई(केशर मोक्तान): एन.एच.पी.सी.द्वरा
निर्मित स्थानीय अगमसिह
गिरी बिध्यालय(Agam Singh Giri School,Mungpoo) को उद्घाटन
आज टिस्टा जलविधुत परियोजना
चरण तीन अनि चारका प्रमुख अभियन्त
आर.के बर्माको बहुलीबाट गरियो | ज्ञानपीठ
उच्चतर माध्यमिक बिद्यालयका
प्रधान अध्यापक बी.के.गुरुङको
सभापतित्वमा सम्पन्न भएको
उक्त कार्यक्रम साथै १९९वा
भानु जयन्ती समारोहलाई सम्बोधन
गर्दे पमुख अतिथि आर.के.बर्माले
एन.एच.पी.सी.को पक्षबाट यस बिध्यालयलाई
केही डेस्क बेन्च प्रधान गर्ने
साथै बिद्यालयका दुई अब्बल
बिधार्थीहरुलाई छात्रवृति
प्रधान गर्ने कुरो बताए | समारोहका
बिशिष्ट अतिथि जी.टी.ए. बन विभाग
कार्यकारिणी सभासद रतन थापाले
समरोहलाई सम्बोधन गर्दे यस
अगमसिह गिरी बिद्यालयलाई सरकारी
मान्यता प्रप्त गर्नको निम्ति
आफूले दिलोज्यान लागिपरेको
कुरा बताउदै आगामी दिनमा पनि
यस बिध्यालयलाई सहयोग पुराईरहने
कुरा माथि जोड दिए | बिध्यालयका
प्रधान अध्यापक रुपाश बम्जनले
स्वागत सम्भाषण राखेको समारोहमा
छात्र छात्रावर्गले रामायण
पाठ,कविता वाचन साथै हिन्दी
नेपाली गीत अनि नितृय प्रस्तुत
गरे | मुनाल घिसिङ अनि प्रबिन
राईले संचालन गरेको भानुजयन्ती
समारोहमा साहित्यकार सुरेन्द्र
थीङले भानुभक्त माथि वार्ता
प्रस्तुत गरे | स्कूलकका सहशिक्षक
संजय राईले धन्यबाद गरेको उक्त
समरोहमा एन.एच.पी.सी. अभियन्त
रमेश मुखिया शिबिल,ब्यास्थापक
शिबिल एन.भद्र.सिह. अधिकारी
पिनिगेल किस्पोटिया,एम.पासवान,इन्द्रनिल
च्याटरजी,पूर्णिमा मोक्तान(थापा),
राजेन राई, बिध्यालय संचालन
समिति सभापति बिष्णु खरेल लगायत
अन्य गण्यमान्य व्यक्ति उपस्थीत
रहेका थिए |
एन.एच.पी.सी. द्वारा निर्मित अगमसिह गिरी बिध्यालय भवनको उद्घाटन
13Jul2013
Post a Comment