मङपुमा अरुणा लामाको जन्म जयन्ती पालन

Aruna Lama The Nightingale of the Hills
मङपु:९सेप्टेम्बर(केशर मोक्तान)
नेपाली संगीत जगतका  चर्चित गायिका स्वर सम्रागी  अरुणा लामा(Aruna Lama The Nightingale of the Hill )को ६८ वा जन्म जयन्ती मङपुमा आज पालन गरियो | गत बर्ष स्व:लामाको जन्म जयन्ती स्थानीय  रबीन्द्र भवनमा भब्यताको साथ उनकी दिदीहरुको साथमा पालन गरिएको थियो भने यस बर्ष गोर्खाल्याण्ड आन्दोलनको कारण समय अनुकुल नरहेकोले मङपु सांगीतिक कला एकाई अनि अरुणा लामा सालिग़ निर्माण समितिको सयुक्त तत्वाधानमा साधारण रुपमा अरुणा लामाको जन्म जयन्ती पालन गरियो | शुरुमा मङपु सांगीतिक कला एकाईका कलाकार वर्गले श्रद्धाञ्जली अर्पण गर्दै स्व:लामको तस्बीरमा खदार्पण सहित दिप प्रज्वलन गरे भने आजको जन्म जयन्ती समारोहमा नेपाली चर्चित गायिका अरुणा लामाको जीवनी अनि संगीत योगदान माथि मङपुका साहित्यकार एवं कवि  सुरेन्द्र थीङले वार्ता  प्रस्तुत गरे | ९ सेप्टेम्बर १९४५ सालमा दिलमाया बस्ती घुममा जन्म भएकी गायिका अरुणा लामाले बाल्य शिक्षा मङपु यु.पी प्राथमिक पाठशालाबाट शुरु गरिएको साथै उनले पहिलो चोटी मङपुबाट नै ९१५३ सालमा गीत गाएर सांगीतिक यात्रा शुरु गरिएको थाहा लागेको छ | उनलाई मङपुले सधै स्मरण गर्दै यस बर्ष आजकै दिन मङपु निर्मला चोक स्व:अरुणा लामाको सालिग़ निर्माण गरेर राख्ने कार्यक्रम थियो भने हालमा छुट्टै राज्य प्राप्तीको आन्दोलन चलिरहेकोले उक्त कार्यक्रमलाई पछि सारिएको आयोजक समितिले बताएको छ | स्व:अरुणा लामाको प्रतिमा बाख्रकोट निवासी  प्रसिद्द मूर्तिकार अमीर सुन्दासले निर्माण गरिरहेका छन भने उनले आगामी २०  सेप्टेम्बरको दिन सालिग़ निर्माण समिति मङपुलाई उक्त सालिग़ सुमपिने थाहा लागेको छ | यसरी गायिका लामाको सालिग़ मङपुमा आगामी ११ अक्टुबर२०१३  फूलपातीको दिन एक भब्य कार्यक्रम बीच राखिने आयोजक समितिले जानकारी दिएका छन | अन्त्यमा  मङपु सांगीतिक कला एकाईका सभापति राजेन आलेले उपस्थित सबैलाई आभार व्यक्त गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरे |

नेपाली संगीत जगतका चर्चित गायिका स्वर सम्रागी अरुणा लामा(Aruna Lama The Nightingale of the Hill )को ६८ वा जन्म जयन्ती मङपुमा आज पालन गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.