नालीडाड़ामा लागाइएको गोरामुमो पार्टीको झन्डा उखालेर फ्याकेपछि स्थिति तनावपूर्ण

GNLF Flag in Mungpoo
मङपुमा हिज आज राजनैतिक वातावरण निक्कै तातिदै गईरहेको  छ भने यस क्षेत्रमा पुलिस  प्रशाशनले पनि अर्धसैनिक  बलको साथमा कडा निगरानी  दिन थालेको छ | सोमबार मात्र  नालीडाड़ा परिसरमा लागाएको  गोरामुमो पार्टीको झन्डा  उपद्रवा व्यक्तिहरुले हिज राती उखालेर फ्याकेको पार्टी समर्थकहरुले थाहा पाए पछि आज स्थिति निकै नै तनावपूर्ण देखियो | यदपि गोरामुमो सयोजक के.बी.गुरङ अनि पार्टीकार्यकर्ताहरुले आज मङपु प्रहरी चौकीमा पुगी दोषीहरुलाई झट्टै पक्राउ गरिनु पर्ने मांग गर्दै एक प्रथामिकी दर्ता गरेको पार्टी सुत्रले जानकारी दिएका छन | यसरी आज फेरी नालीडाड़ा परिसरमा गोरामुमो पार्टी समर्थकहरुले गोरामुमो झन्डा नयाँ गरि लगाए | टीएमसी संगै गोरामुमोले पनि मङपुमा पार्टी विस्तार गर्ने क्रम जारी राखेको छ भने हिज मात्र पार्टी सयोजक कैलश पाख्रिनको नेतृत्वमा लाब्दा बिभाग सुन्तले धुरामा पार्टीको शाखा गठन गरिएको छ जसको सभापति दिनेस राई,सचिव सुकमान राई लगायत अन्यलाई पार्टी सदश्यमा राखिएको जानकारी पार्टी नेता के.बी.गुरुङले प्रेस बिज्ञप्ती मार्फत दिएका छन |

मङपुमा हिज आज राजनैतिक वातावरण निक्कै तातिदै गईरहेको छ भने यस क्षेत्रमा पुलिस प्रशाशनले पनि अर्धसैनिक बलको साथमा कडा निगरानी दिन थालेको छ |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.