मङपु विभागमा तृणमूलको शाखा साथै यूनियन गठन

TMC in Mungpoo division
मङपुमा तृणमूल कंग्रेसको  विस्तार हुने क्रम दिन प्रतिदिन  जारी रहेको छ | मगलबारको दिन मङपु बिभाग प्राथमिक पाठशाला भवनमा मदन तामाङको अध्यक्षतामा टीएमसीको सभा सम्पन्न भयो | सभामा मङपु बिभाग पार्टी शाखा गठन गरियो जसको सभापति पेमा तामांङ,उपसभापति अनुप छेत्री,सचिव शरद थापा,सहसचिव मदन तामांङ सयुक सचिव बिशाल थापा,कोषाध्यक्ष पूर्ण बाहदुर थापा,अनि लेखापालमा रुपेन्द्र थापालाई चयन गरियो | यस्तै गरि पार्टीका युवा संगठन पनि गठन गरियो जसको सभापति श्रावन राई,सचिव यादव गुरुङ अनि कोषाध्यक्ष सन्तोष तामांङलाई बनाइयो | पार्टी सयोजक पवन बलको नेतृत्वमा सम्पन्न भएको सभामा मङपु शाखा तृणमूल श्रमिक यूनियन संगठन पनि गठन गरियो जसको  एमोश थापा,उपसभापति पबेन्द्र थापा,सचिव सुबाश छेत्री,सहसचिव सुरज गुरुङ सयुक्त सचिव बुद्ध लामा कोषाध्यक्ष नयन गुरुङ लगायत अन्यलाई कार्यकारिणी सदश्यको रुपमा चयन गरियो | यस्तै गरी भोलि दार्जीलिंङमा सम्पन्न हुने तृणमूलको सभामा मङपुबाट पनि भारि मात्रमा पार्टी समर्थकहरु जानेकुरो सयोजक पवनबलले पत्रकारहरुलाई बताए |

मङपुमा तृणमूल कंग्रेसको विस्तार हुने क्रम दिन प्रतिदिन जारी रहेको छ | मगलबारको दिन मङपु बिभाग प्राथमिक पाठशाला भवनमा मदन तामाङको अध्यक्षतामा टीएमसीको सभा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.