बिकाशको चाबी राज्यको हातमा रहेकोले तृणमूल मार्फत नै पहाडमा बिकाश हुने

Pawan bal TMC
मङपु२०अक्टोबर(केशर मोक्तान): आज दोश्रो चोटी मङपुमा तृणमूल पार्टी जनसभा स्थानीय सरस्वती विधालय मैदानमा राम थापाको अध्यक्षतामा सम्पन्न भयो | आज राज्यको मुख्यमन्त्री ममता ब्यनार्जीको हातमा चाबी रहेको कारण टी.एम.सी. मार्फत नै पहाडमा बिकाश गर्न  तृणमूल पार्टीमा शरण लिन पुगेको कुरो सभालाई सम्बोधन गर्दै  लाब्दा मङपु समष्टि तृणमूल सयोजक पावन बलले जनाए | राज्य बिरोधी भएको कारण  नै पहाडमा बिकाश हुन् नसकेको ठोकुवा गर्दै अब टी.एम.सी. मार्फत बिकाश गर्ने बताए | उनले अझ भने हामी यहा कुनै पार्टीको बिरोध गर्न आएको होइनौ क्षेत्रको बिकाश गर्न आएका हौ | मङपुको नेता भ्रस्टाचारी हुनु हुदैन भ्रस्टाचार भयो भने सिन्कोना उध्योग डुबेको हुनेछ | हामी टीएमसी मार्फत सिन्कोना उध्योगलाई बचाउने छौ | आज मङपुमा टीएमसी गठन  भएर नया युगको जन्म भएको किटान गरे | अर्को बक्ता तृणमूल पार्टी युवा सयोजक आशिष खवासले भुलबन्दी र दलबन्दीमा होइन विचार र चेतनामा  राजनीति गर्नु पर्ने युवाहरुल्लाई सन्देश दिए | राज्य सरकारबाट हामीलाई पुन:बिकाश चाहिएको छ र ममताको नेतृत्वमा  बिकाश हुने कुरोमा आशाबादी रहेको कुरो सिम्ले शाखा सचिव अर्पण थापाले जनाए | ट्रेड युनियन नेता निल कुमार गुरुङले सिन्कोना मजदुरको पैसा गोजमुमोले खाएको आरोप लगाउदै अब सिन्कोना उध्योगलाई तृणमूल मार्फत बिकाश गर्ने सभामा सबैलाई औगत गराए | यसरी मङपु बिभाग पार्टी सयोजक बहादुरसिह राइले नयाँ दार्जीलिंङ निर्माण गरेर धेरै यस ठाउमा बिकाश गर्नु पर्ने जनाए | पूर्व गोरामुमो नेता एवं तृणमूल पार्टी नेता मिरेन लामाले आज गोर्खाल्याण्डलाई पर्वारिस र श्यारसुसार गर्ने ठीक नभएको कारण नै हाइवेमा गोर्खाल्याण्ड भन्ने बितिकै पक्रेर लाने बताउदै दा.गो.पा.प.मा भएको १२१ कडोर अनि सय दिने रोजगारमा पनि मोर्चाले डरलाग्दो घोटाला गरेको आरोप लगाए | आगामी १३ बर्ष सम्म बंगालमा तृणमुलको सत्ता रहने ठोकुवा गर्दै  तृणमुलको हात पक्रेर नै सिन्कोना उध्योगलाई बचाएर सिन्कोना कारखानाबाट धुवा निकाल्न पर्छ भन्दै यसको निम्ति सम्पूर्ण सिन्कोनाबासीको साथ चाहिन्छ भनि जनाए | सभामा सिम्लेबाट यु.सी.योन्जन,रम्बी बीचकमानबाट जयपति राई, अनि जिल्ला सदश्य सन्तोष खवाश र पेमा मोक्तानले पनि सभालाई सम्बोधन गरे |

आज दोश्रो चोटी मङपुमा तृणमूल पार्टी जनसभा स्थानीय सरस्वती विधालय मैदानमा राम थापाको अध्यक्षतामा सम्पन्न भयो |

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.