रगली रंगलीयट खण्ड
प्राणी सम्पदा बिकाश बिभागको आयोजनमा मङपु रोंङचोंङ ग्राम पन्चायत
भित्र पर्ने सरस्वती
कन्य बिध्यालय परिसरमा आज
राष्ट्रीय कृषि बिकाश योजना
अन्तर्गत एउटा परजीवी निराकरण
शिविरको आयोजन गरियो | उक्त
शिविरमा प्राणी सम्पदा बिकाश
बिभाग जी.टी.ए.तक्दाका प्राणी
बिकाश अधिकारी डा.अभिजीत मण्डल
उपस्थित थिए भने शिविरमा १२८वटा
गाई,२४८ वटा बाख्रा ८२ सुँगुर,८३१
कुखुरा अनि ३७ कुकुरहरुलाई
निशुल्क जुगाको औषधी,भिटामिन
र मिनिरल मिक्चर बितावारण
गरियो |पशु प्राणीहरुलाई कसरी
स्वास्थ्य राख्न सकिन्छ अनि
कति दिनको अन्तरालमा गाई बस्तुलाई
जुगाको औषधी र भिटामिन खुवाउन
पर्छ त्यस बारे शिविरमा डा.
अभिजीत मण्डलले जानकारी गराए |आजको
शिविरमा भेटोनरी अधिकारी डा.सरोजा
राणा,फुर्बा शेर्पा,सरोजा मोक्तान,सकिला
छेत्री लगायत रोंङचोङ ग्राम
पन्चायत सचिव कृष्ण शर्मा,पन्चायत
कर्मी सन्तोष दर्नाल लगायत
अन्य व्यक्तिले पनि सहयोग
पुराए |