मङपु१डिसेम्बर(केशर
मोक्तान): सिन्कोना बगानको निर्देशकको
रुपमा नयाँ निर्देशक
डा.सामुएल (Dr. Samuel Rai, new Cinchona director in mungpoo)राईले पदभार
सम्हाल्ने जानकारी क्षेत्रीय
सभासद रतन थापाले आज पत्रकारहरुलाई
बताएका छन | सभासद थापाले बताए
अनुसार गोजामुमो पार्टी अनि
दार्जीलिंङ तराई डुवर्स प्लान्तेशन
लेबर यूनियनले पहाडको छोरो
नै सिन्कोना बगान निर्देशक
हुनु पर्छ भनि राज्यसरकार साथै
जी.टी.ए. समक्ष धेरै दिन अघि
देखि माग गर्दै आएको थियो भने
फेरी पनि पुन: पहाडको छोरो कालेबुंङ
निवासी डा.सामुएल राई नै सिन्कोना
बगान निर्देशक पदमा आसिन हुनु
पुगेको जानकारी सभासद रतन थापाले
दिएका छन | सभासद रतन थापाले
सिन्कोना निर्देशक डा.सामुएल
राईलाई अग्रिम बधाई एवं शुभकामना
व्यक्त गर्दै जी.टी.ए.बाट पनि
बगान निर्देशकको रुपमा डा.सामुएल
राईलाई चयन गरिएको साथै उनले
केही दिन अघि देखि सिन्कोना
बगानमा देखरेख गर्दै आएता पनि
भोलि देखि भने मङपु निर्देशक
कार्यालयमा निर्देशकको पदभार
सम्हाल्ने जानकारी सभासद थापाले
दिएका छन | स्मरण रहोस हिज सम्म
सिन्कोना बगान निर्देशकको
रुपमा भुमिपुत्र निर्देशक
डा.जी.सी. सुब्बा रही आएका थिए | उक्त
बिषयमा सिन्कोना बगानमा नवनियुक्ति
हुने निर्देशक डा.सामुएल राई
फोन मार्फत सम्पर्क गर्न चाहदा
उनले भोली मात्र उक्त बिषयमा
कार्यालयमा पत्रकारहरुलाई
भेट गर्ने बताए | स्मरण
रहोस सिन्कोना बगान भुमि पुत्र
निर्देशक डा.जी.सी. सुब्बाको
सिन्कोना बगानमा २ बर्ष अघि
नै कार्यकाल अवधि सकिएता पनि
उनको कार्यकाल अवधिलाई सरकारले
दुई बर्षको निम्ति बदोतरी गरि
दिएको थियो भने उक्त कार्यकाल
अवधि ३१ अक्टोबर २०१२मा समाप्त
भएको सुत्रद्वारा थाहा लागेको
छ | अब उसो सिन्कोना बगान निर्देशकोको
पूर्ण पदभर कसले ग्रहण गर्ने
हो यस बिषयमा सरकारी तौरमा
भोलि मात्र जानकारी प्राप्त
हुने तय भए पनि लाब्दा मङपु
समष्टि सभासद रतन थापाले भने
सिन्कोना बगान निर्देशकको
पदभार भोलि देखि स्थानीय निर्देशालयमा
डा.सामुएल राईले सम्हाल्ने
जानकारी दिएको छ |