मङपुमा भारतीय स्टेट ब्यांकले राखेको ए.टी.एम.मा महीना दिन नपुगी नै तीन दिन देखि पैसा नभएको कारण उपभोक्तवर्गले थुप्रै समस्या झेल्न परिरहेको गुनासो छ | मङपु रेसेप बजारमा राखिएको एस.बी.आई.को ए.टी.एम.मा पैसा निकाल्न रम्बी बजार,एन.एच.पी.सी.कार्यालय,सिटोङ लगायत मङपु वरिपरि क्षेत्रबाट गाडीलिएर पैसा निकाल्न लामो मानिसहरुको भिड देखिएता पनि ए.टी.एम.मा पैसा नभएको कारण मानिसहरु निराश बनि फर्किरहेका छन | यसर्थ यस दिशातर्फ सम्बन्धीत बिभागले झट्ट भन्दा झट्ट ध्यान दिएर उक्त ए.टी.एम.मा पैसा लगाईदियोस भनि स्थानीय उपभोक्तावर्गले मांग गरेका छन | भोलि देखि महीनाको शुरवात दिन भएको कारण सिन्कोना बगानमा सरकारी काम गर्ने कर्मचारीवर्गले पनि ए.टी.एम.बाट नै मासिक वेतन निकाल्ने भएकोले मानिसहरुको भिड उक्त ए.टी.एम.बढ्ने प्रबल सम्भौना देखा परेको छ यसर्थ एस.बी.आई.को पक्षबाट उक्त ए.टी.एम. मेसिनमा झट्ट भन्दा झट्ट पैसा हलिनु पर्छ भनि स्थानीय जनताले मांग गरको छ | मङपु भारतीय स्टेट ब्याकको शाखा नभएको कारण नै ए.टी.एम मा पैसा लगाउन ढिलो भएको सुत्रद्वारा थाहा लागेको छ | यसैले मङपुमा स्टेट ब्यांकको शाखा पनि झट्टै खोलिन पर्छ भनि स्थानीय जनताले मांग गरेका छन |