आज मङपु अनि कालेबुंङ बिधुत
बिभागका अधिकारी अनि
कर्मचारीवर्गले यस क्षेत्रको
४९ वटा घरको बिजुली बत्ती
जड़ान काटिदिएको छ | गोर्खाल्याण्ड
आन्दोलन देखि यता पनि
उपभोक्तावर्गले बिजुली बत्तीको
बील नतिरेको कारण नै उक्त उपभोक्तवर्गको
घरको बत्ती कनेक्सन काटिएको
जानकारी मङपु बिधुत बिभाग अधिकारी
संजीब सुब्बाले दिएका छन | बिधुत
बिभागलाई पनि काम गर्न कोषको
आवश्यकता रहेको हुनाले साथै
बोर्डलाई रेभेनू संग्रह गर्नु
पर्ने भएको कारण नै यस प्रकारको
कदम चालिएको थाहा लागेको छ |
आज मङपु अनि लाब्दा बिभाग क्षेत्रको
उपभोक्तावर्गको घरमा बिजुली
काटियो भने आगामी दिनमा मङपुको
अन्य विभागमा बत्तीको बील नतिर्ने
उपभोक्तावर्गको लाइन काटिने
जानकारी प्राप्त भएको छ |यसरी
आज बिधुत बिभागले जाच गर्दै
जादा एउटा घरमा हुकिङ गरि चोरी
गरेर बत्तीको लाइन पनि भेटिएको
जानकारी बिधुत अधिकारीले जनाएका
छन | मङपुमा भन्दा ज्यादा बत्तीको
बील लाटपन्चर सिटोङ क्षेत्रको
उपभोक्तावर्गले नतिरेको कारण
त्यस क्षेत्रमा पनि बील नतिर्नेहरुको
लाइन चाडै नै काटिने जानकारी
मङपु बिधुत कार्यालय एस.एम.
संजीब सुब्बाले दिएका छन | आज
बिजुली बत्तीको बील नतिर्ने
उपभोक्तावर्गको जाच गर्न कालेबुङ
बिधुत बिभाग अधिकारी आर्गो
सिन्हा लगायत अन्य कर्मचारीवर्ग
उपस्थित रहेका थिए |