मोरिया टेक्निकल भोकेसनल वेलफ्यर इन्स्टिच्युटको सभासद रतन थापाद्वारा उद्घाटन

Moriha Technical Vocational Institute mungpoo
मङपू११जनवरी(केशर मोक्तान): आज स्थानीय मङपू नालीडाड़ामा मोरिया टेक्निकल भोकेसनल  वेलफ्यर इन्स्टिच्युट ( Moriha Technical Vocational Institute) को उद्घाटन जीटीए बनबिभागको  कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट गरियो | एन.बी.छेत्रीको अध्यक्षतामा सम्पन्न भएको उक्त उदघाटन समारोहमा रबि राईले स्वागत सम्भाषण राखे | रबिन राईले संचालन गरेको समारोहका प्रमुख अतिथि रतन थापाले आजको समयमा कम्प्युटरको ज्ञान रहन अति नै अनिवार्य भएको बताए | आजको समयमा कम्प्युटर ज्ञानको  आवश्यकतालाई महशुस गरेर मोरिया टेक्निकल भोकेसनल वेलफ्यर इन्स्टिच्युट खोल्न सफल भएकोमा मोरिया टेक्निकलका निर्देशक मनीष थापालाई शुभकामना ब्यक्त गरे | सभासद थापाले यस केन्द्रले आगामी दिनमा सफलता हासिल गर्छ भन्ने आशा राख्दछु भन्दै उक्त इन्स्टिच्युटलाई आफ्नो  निजि तर्फबाट एउटा राम्रो कम्प्युटर प्रदान गर्ने घोषणा गरे/यस मोरिया टेक्निकल भोकेसनल वेलफ्यर इन्स्टिच्युटले प्रगति गर्दै गए आगामी दिनमा अज थप सहयोग गर्ने बताए | इन्स्टिच्युटका निर्देशक मनिष थापाले आफ्नो यस कम्प्युटर सेन्टरमा हार्डवेयर र सफ्टवेयर दुई प्रकारको नै कम्प्युटर तालिम दिने साथै बिशेष गरि यस इन्स्टिच्युटमा शहरिया क्षेत्रमा भन्दा आधा रकममा बिधार्थीवर्गले कम्प्युटर तालिम लिन सक्ने जनाए | निर्देशक थापाले माध्यमिक अनि उच्च माध्यमिक परीक्षामा मङपू टपर आउने बिधार्थीलाई निशुल्क रुपमा कम्प्युटर तालिम आफ्नो इन्स्टिच्युटको पक्षबाट दिने जनाए | यसरी सभाध्यक्ष एन.बी छेत्रीले आज सम्म मङपूमा बाहिरबाट आएका कम्पनीहरुले मात्र यस प्रकारको कम्प्युटर सेन्टरहरु खोली रहेका थिए भने हिजआज हाम्रो छोरा छोरीले यसरी इन्स्टिच्युट खोल्न सफल भएकोमा प्रशंसा गर्दै शुभकामना ब्यक्त गरे | समरोहका  बिशिस्ट अतिथि एस.एम.राईले पनि इन्स्टिच्युट बारे दुई शब्द राखे भने अन्त्यमा गोपाल राईले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको  अन्त गरे |

आज स्थानीय मङपू नालीडाड़ामा मोरिया टेक्निकल भोकेसनल वेलफ्यर इन्स्टिच्युट ( Moriha Technical Vocational Institute) को उद्घाटन जीटीए बनबिभागको कार्यकारिणी सभासद रतन थापाको बाहुलीबाट गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.