मङपू११जनवरी(केशर
मोक्तान) आज स्थानीय मङपू भिभागीय
प्रा.पाठशाला भवनमा अखिल
भारतीय तृणमूल कंग्रेसको
सभा लाब्दा मङपू समष्टि सयोजक
पवन बलको अध्यक्षतामा सम्पन्न
भयो | सभामा अखिल भारतीय तृणमूल
कंग्रेस सिन्कोना प्लान्तेशन
यूनियन सचिव मिरेन लामाले
मङपू क्षेत्रमा के कस्तो प्रकारले
पार्टी गठन गरियो भन्ने कुरामा
आफ्नो बक्तब्य राखे | मङपूमा
वर्तमान ५० प्रतिसत टीएमसी
पार्टी विस्तार भएको उनले ठोकुवा
गरे | मङपू क्षेत्रमा भएको सबै
प्रशाखाहरुलाई लिएर सयुक्त
रुपमा लाब्दा मङपू समष्टि गठन
गर्ने उनले कुरा राखे | बक्तब्यको
क्रममा दार्जीलिंङ तृणमूल
जिल्ला कंग्रेसका सयोजक राजेन
तामांङ(आपा राजेन)ले बिगत दिनहरुमा
मोर्चामा सक्रिय रुपमा खटेता
पनि त्यस पार्टीमा शोषण अत्यचार
दमन भएर नै टीएमसीमा संग्लग्न
भएको कुरो जनाए | आज आफु टीएमसीमा
आफ्नो इच्छा पुरा गर्न होइन
जनताको इच्छा पुरा गर्न आएको
बताए | सभामा आईसीडीएस जिल्ला
समिति सभापति पेमा मोक्तानले
वर्तमान सिन्कोना बगानमा भएको
भ्रस्टाचार र अत्याचारलाई
सुल्झाउनको निम्ति टीएमसी
पार्टी र यूनियन गठन भएको हो
भन्दै आईसीडीएस बारेमा पनि
दुई शब्द राखे | अर्को बक्ता
मनोज देवानले तृणमूल पार्टी
राष्ट्रिय पार्टी भएकोले आगामी
दिनमा पार्टीलाई यस क्षेत्रमा
कसरी विस्तार गरेर अघि बढाउनुपर्ने
बिषयमा सल्लाह दिए | आजको सभामा
टीएमसी लाब्दा मङपू समष्टि
गठन गरेर ब्लक लेबलमा पनि समिति
गठन गर्ने कुरा जनाए | यसरी चुनाव
अधिकारी मनोज देवानको उपस्थितिमा
समष्टि गठन गरियो | जसमा सभापति
के.एस. छेत्री,उपसभापति बी.एस.
राई,सुरेन शेर्पा,नरेश शेर्पा,सचिव
पवन बल,सहसचिव किरण ठकुरी,राम
थापा,अर्पणदीप थापा,कोषाध्यक्ष
रेजिना गुरुङ,लेखापरीक्षक
यु.सी.योन्जन अनि हिर्देंन
खड्का ,सल्लहाकार मिरेन लामा.एन.के
गुरुङ,बुद्ध लामा, जयपति राई
लगायत अन्य पार्टीप्रतिनिधिलाई
सदश्यको रुपमा चयन गरियो |
आज स्थानीय मङपू भिभागीय प्रा.पाठशाला भवनमा अखिल भारतीय तृणमूल कंग्रेसको सभा लाब्दा मङपू समष्टि सयोजक पवन बलको अध्यक्षतामा सम्पन्न भयो |
Post a Comment
We love to hear from you! What's on your mind?