मड़पूमा कलेज निर्माण हुने | बिमल गुरुङ

Bimal Gurung visits jogighat krishi mela 2014
मड़पू,चन्दन खवास ; मड़पूमा कलेज निर्माण  हुने छ जसको निम्ति जीटीएले  प्रकल्प तयार परेको घोषणा  जोगिघाट कृषि मेलाको मंचबटा जीटीए मुख्य कार्यपाल बिमल गुरुङले गरे | शिक्षा नै समाज अनि राष्ट निर्माणको मेरुदण्ड हो | जीटीए क्षेत्रमा शिक्षाको स्तरलाई बिशेस ध्यान दिन पर्ने बताउदै जीटीए क्षेत्रका प्रतेक बिधालयले अब्बल विधार्थीहरु जन्माउन सक्न पर्ने चुनौती रहेको जनाए| जोगिघाट कृषिमेलाको मंचबटा जीटीए प्रमुख बिमल गुरुङले स्व.कमान सिंह रमुदमु बृद्ध-भत्ता पनि वितरण गरे | उक्त बृद्ध-भत्ता जनवरी देखि अप्रेल सम्मको दिएको छ भने यो बृद्ध-भत्ता जम्मा ३४ जनाले ग्रहण गरे | यो बृद्ध-भत्ता जीटीए सभासदहरुको बेतन बटा दिएको हो भनि स्पष्ट परे | रहल बृद्धहरुलाई आगामी कुनै दिन दिने बताएको छ | क्रममा बिमल गुरुङले आफ्नु पाच जना लेप्चा परिवारलाई घर बनाउन हेतु सत्तर हजार प्रदान गरे ती हुन् दावा लेप्चा,इन्द्र लेप्चा,लेथुप लेप्चा,ओंग्दे लेप्चा,अनि प्रेम छिरिंग लेप्चा साथमा अनुसुचित जाति तीन परिवार क्रमैले सुदन दर्जी ,अमृत दर्जी अनि सुरज दर्जीलाई पनि घर निर्माण निम्ति पचास हजार रुपिया प्रदान गरे|कृषि मेला आयोजन गर्नुको मूल उदेश्य जीटीए क्षेत्र नै कृषि प्रदान रहेको हुदा यहाँका कृषकहरुलाई सहि मार्ग-दर्शन गर्नु अनि विभिन्न स्टलहरु राखी विभागीय जानकारी गराउन रहेको छ |  कृषि मेला मार्फत कृषकहरुको निम्ति विभागीय नीति निधारण गर्ने साथमा इच्छुक युवा -कृषकहरुलाई विभागीय सहयोगको पनि विभागीय प्रबन्द गरिने जनाएको छ | अहिले पनि गाउँ-बस्तीमा बाजे-बोजुले रोपि राखेको सुन्तला अनि अन्य खेतीबटा जीविका उपार्जन गरि रहेको छ तर अब गाउँ-बस्तीमा नयाँ प्रकारको खेतीपाती गरि कृषकहरुले नयाँ क्रान्ति ल्यान पर्ने समय आएको र कृषकहरुले यो दिशातर्फ पनि ध्यान केन्द्रित गर्न अपिल गरे | जीटीए क्षेत्रका कृषकहरु अति पारिश्रमिक रहेको छ यसैले सम्पूर्ण कृषकहरुको हितमा जीटीएको कार्यप्रणालीमा कृषकहरुलाई दिनपर्ने सहुलियत दिने प्रतिबद्धता जाहेर गरेको छन्| यसैक्रममा उनले सरकारबटा पाउने कतिपय सुबिधाहरु देखि बन्चित कृषकहरुलाई यही मेला मार्फत नै सरकारबटा प्राप्त सुबिधाहरुको जानकारी दिन अनि सुबिधाहरुको वितरण गर्नु रहेको स्पष्ट परे | कृषकहरु दुारा उत्पादित सर समानले सहि मूल्य पाउन् हेतु कतिपय योजना हातमा लिएको अनि बिशेस गरि पुल-बाटोको असल व्यवस्था हुन् जरुरी रहेको कारण मंग्पू र सिटोंगलाई जोडने स्टील ब्रिजको निर्माण कार्य भई रहेको छ जसको फाइदा कृषकहरुलाई जाने बताए | जोगी-घाटलाई राष्टियमा नै  पहिचान गराउनको निम्ति एको- टुरिजम विस्तार गराउने प्रयाप्त मात्र पर्यटकहरु ल्याउने इच्छा उनले प्रकट गरे | युवाहरुले खोला –नालाको काममा मात्र सिमित नरहेर एको- टुरिजम.खेतीपाती जस्तो आय-स्रोत भएको बिषय तर्फ पनि ध्यान दिन नितान्त जरुरी रहेको प्रस्ट परे | वर्तमानमा युवा-युवतीहरु फेस-बुक मा भुली रहेको छ जसले बर्बादी मात्र गर्ने तर उक्त समय ज्ञान बर्दक बिसय –बस्तु माथि दिए यसको फाइदा समाज अनि आफैलाई हुने जनाए | गोर्खाहरु नकले जाती हो नकल गर्नेको निम्ति आफ्नु इज्जत –सम्मानको पनि वास्ता राख्दैन अनि आरिसे जातिह हो जसले राम्रो काम गरेको पनि जस दिदैन मात्र आरिस गर्छ भनि बताए| हामी अरुको निम्ति मर्ने जाति हो तर आफ्नु भने अहिले सम्म केही गर्न सकेका छैनौ| अब हामीले आफ्नु सित होइन तर आरिस गर्नु हो भने  ओबामासित मन मोहन सिहसित अनि ममता ब्यनार्जीसित. गर्न पर्छ तब मात्र हाम्रो उन्नति हुने स्पष्ट परे | आफु जहिले सम्म चौकीमा बस्छ तब सम्म जनताको हितमा नै न्याय दिने अनि जनताकै कामको निम्ति समर्पित भई कार्य गर्ने बताए | यसैक्रममा सिन्कोना कारखाना निर्माण हेतु राखिएको शिल्या –नाश लाई अब कार्यरुपमा परिणत गर्ने बताउदै चाडै निर्माण कार्य सुरु हुने जनाए भने यदि कार्य अवधि कसैले बाधा दिए प्रतेक काम नै पचा मिनटमा बन्द हुने स्पष्ट संकेत पनि दिएको छ | जीटीए क्षेत्रमा जम्मा ११५० वटा [एघार सय पचास वटा ] इन्देरा आवाजको घर निर्माण हुने छ जो सम्पूर्ण समष्टिमा एकै साथ हुने छ भने यस पल्ट उक्त घरको कार्यको गुणस्तर सित कुनै सम्झौता नहुने जानकारी गराए | यस्तै प्रकारले हटीकल्चर विभागका सभासद कल्याण देवानले भारत देश नै कृषि प्रदान देश हो जसको आर्थिक मेरुदण्ड कृषकहरुले तयार गर्छन यसैले कृषकहरुलाई केन्द्र अनि राज्य सरकारले थुप्रै सुबिदाहरु दिएको छ जसको बिस्तृत जानकारी दिन हेतु नै यो मेलाको आयोजना भएको बताए | पहाड सधै मदेस माथि निर्भर रहन पर्छ तर अब पहाड आफै माथि निर्भर हुने अति  जरुरी छ जसको निम्ति कृषकहरुले अभियान सुरु गर्न पर्ने जसको निम्ति जीटीएले विभागीय अनि तकनिकी सहयोग गने जानकारी दिए | आजको कृषि मेलामा कार्यकारिणी सभासद रोशन गिरि, पत्रकार स्वराज थापा ,साथमा अन्य अथितिहरु पनि उपस्थित रहेको थियो |

मड़पूमा कलेज निर्माण हुने छ जसको निम्ति जीटीएले प्रकल्प तयार परेको घोषणा जोगिघाट कृषि मेलाको मंचबटा जीटीए मुख्य कार्यपाल बिमल गुरुङले गरे |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.