अब जीटीए भ्रस्टाचारमुक्त चल्नेछ : उप-प्रमुख आले

Col Ramesh Alley
मंग्पू / सिटोङ, १४ जनवरी (सञ्जीव छेत्री / आशिषदीप राई) : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा प्रायोजित खरसाङ महकुमा स्तरीय जोगिघाट कृषि मेलाको पहिलो दिन मेला समिति समन्वयक एवं जीटीए पछौटेवर्ग
कल्याण बिभागका कार्यकारी निर्देशक तोप्देन लामाको सभापतित्वमा स्थानीय मंग्पू अनि सिटोङमाझ अवस्थित जोगिघाट रियाङटारमा जीटीए उप-प्रमुख कर्नल (अवकाशप्राप्त) रमेश आलेको प्रमुख आतिथ्यमा सम्पन्न भयो | पहाडमा कृषिपेशा अनि कर्म संस्कृतिलाई प्रोत्साहन दिने हेतुले आयोजित भनी घोषणा गरिएको मेलाको प्रथम दिनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जीटीए उप-प्रमुख कर्नल (अवकाशप्राप्त) रमेश आलेले भ्रस्टाचारमुक्त विकासमाथि आफ्नो बक्तब्यलाई केन्द्रित गरेका थिए | जीटीए भर्खरै बामे सर्न थालेको उल्लेख गर्दै जीटीए प्रमुख बिमल गुरुङको नेतृत्वमा बिकासको गति तीब्र भएर जाने ठोकुवा गर्दै तिनले तर जीटीएको विकास सभासदहरुको निम्ति मात्र नभएर जीटीएअधिनस्थ सम्पूर्ण जनताको निम्ति हुनुपर्नेतर्फ जोड दिए भने गोर्खा जनमुक्ति मोर्चाको आन्दोलनमा सम्मिलित भइ खटिआएका सम्पूर्ण जनताको निम्ति जीटीएले कार्य गर्ने पनि तिनले बताए | सर्वप्रथम आउँदो समयमा जीटीए भ्रष्टचार मुक्त रहने र केवल जनता कै निम्ति समर्पित हुँदै बिकाशलाई प्रमुखता दिने कुरोमा जीटीए उप-प्रमुख आलेले जोड दिएका छन् | जीटीए क्षेत्रलाई भ्रस्टचार मुक्त पार्ने कुरोमा केवल जीटीएका शिर्षस्थ नेतृत्वमा आसिन जीटीए प्रमूखको मात्र दायित्व नरहेर सम्पूर्ण जीटीए क्षेत्रका सभासदहरु पनि निस्वार्थ रुपमा जनता कै हितमा समर्पित हुँदै कदम बढाउन पर्ने पनि कर्णल आलेले मन्चबाट बताएका छन् |
सयदिने रोजगार योजनाबारे बोल्दै जीटीएमार्फत भ्रस्टचारलाई पन्छाएर सम्बन्धित ग्राम-पञ्चायतमार्फत प्रत्येक गाउँ-गाउँमा सर्वांगीण विकास गरिने बताउँदै सरकारबाट आएको पैसा एक रुपियाँ पनि हिनामिना नगरेर विकासमै खर्च गरिने पनि तिनले बताए भने जीटीएले सदासर्वदा इमान्दारीपुर्वक पहाडको भविष्य सुनिस्चित गर्ने कटिबद्धता जाहेर गरे अनि २०१४ – २०१५को वार्षिक कार्ययोजनामा कृषिलाई विशेष ध्यान दिइने घोषणा गरे | मेलाको आयोजन देखेर सन्तुष्ट बनेको बताउँदै तिनले बिभिन्न विभागीय अधिकारी एवं प्रतिनिधिहरुलाई आफ्नो दायित्व राम्ररी पालन गर्दै कृषिपेशासँग सम्बन्धित कृषकहरुलाई बिबिध तकनिकी जानकारी एवं प्रशिक्षण साथै सहुलियतहरु प्रदान गर्ने आग्रह गरे | तकनिकीको यो समयमा आउने दिनमा
कृषकहरुको निम्ति बिभिन्न लाभकारी योजनाहरु अनलाइन प्रदान गरिने हुनाले कृषकहरुलाई त्यसतर्फ जानकारी अनि प्रशिक्षण दिने आव्हान सम्बन्धित बिभागहरुसँग प्रमुख अतिथि आलेले गरे भने मेलामा कृषिको विस्तार अनि सम्बर्धनको ध्येयले गरिएको खर्च व्यर्थ जान नदिने अनि मेलाको भरपुर लाभ उठाउने कृषकहरुलाई अपिल समेत तिनले गरे |
प्रमुख अतिथि आलेको बाहुलीबाट दिप प्रज्वलनपश्चात शुरु भएको कार्यक्रममा मेला आयोजनाको स्थानीय समिति सभापति डीगेल लेप्चाको स्वागत भाषण राखेका थिए भने कर्णल आलेले जोगीघाट कृषि मेलामा राखिएका विभिन्न विभागीय स्टलहरुको उद्घाटन गर्दै कृषि मेलाको पहिलो दिनलाई शुभ आरम्भ गरे | कार्यक्रममा जीटीए कार्यकारी  सभासद रतन थापा, सभासद रमेश लामा, सभासद संजय थुलुंग, सिन्कोना निर्देशक डा० सामुएल राई, आर० आर० खण्ड विकास अधिकारी कलुल रोय, अल इन्डिया रेडियो खर्सांग कार्यक्रम निस्पादक पारस चन्द्र आले साथै अन्य अतिथिहरुमाको बिशेष उपस्थिति रहेको थियो | कार्यक्रममा सभापति तोप्देन लामाले पनि आफ्नो अध्यक्षीय सम्भासन पेश गरेका थिए भने सुचना अनि सांस्कृतिक विभाग खरसाङ, मंग्पू सांगीतिक कला एकाइ, किराँती खम्बु राई सांस्कृतिक संस्थान सिटोंग १, अमर ज्योति ग्राम सुधार समिति लोअर सिटोङ, लिटल फ्लावर ब्याण्ड, बिभिन्न स्वनिर्भर समुहलगायत विभिन्न सङ्घ-संस्था अनि ब्याण्डहरुले सांगीतिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरि कार्यक्रमलाई रमाइलो तुल्याएका थिए | कार्यक्रममा भोलि दोश्रो दिन जीटीए चिफ विमल गुरुङको उपस्थिति रहनेछ भने खरसाङ बागिना संगित समुहको कार्यक्रम मुख्य आकर्षण रहनेछ साथै बिभिन्न जातीय सास्कृतिक कार्यक्रमलगायत विभागीय प्रसिक्षण सेमिनार अनि बोट-बिरुवा, बाछा बाछी, पाठो-पाठी, चल्ला, दवाई-मुलो आदि पनि वितरण गरिने जानकारी प्राप्त छ |

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा प्रायोजित खरसाङ महकुमास्तरीय जोगिघाट कृषि मेलाको पहिलो दिन मेला समिति समन्वयक एवं जीटीए पछौटेवर्ग

Read latest post filed under mungpoo news, political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.