ड्रगकन्ट्रोल अधिकारीद्वारा मङपू कुलैन कारखानाको परिभ्रमण

drug controler officer viseted mungpoo quinine factory
मङपू११जनवरी(केशर मोक्तान) धेरै साल देखि बन्द अवस्थामा रहेको मङपू कुलैन कारखानालाई खोलाउन राज्यसरकार अनि जीटीए  प्रयासरहत रहेको कुरो जीटीए  सिन्कोना बिभाग भारप्राप्त सभासद सामुएल गुरुङले आज जनाए | उक्त कारखानालाई  सुचारुपले  संचालन गर्नको निम्ति पहिलेबाट नै राज्य सरकारलाई जीटीएले प्रपोजल पठाईसकेको कारण आज सरकारको पक्षबाट दुई जना ड्रग कन्ट्रोलर अधिकारी मङपू आई यहाको कुलैन कारखाना,इमिटिएन कारखाना अनि गवेषणा केन्द्रको परिभ्रमण गरेको जानकारी गराए | आज यहाबाट यी दुई अधिकारीले ड्रग कन्ट्रोलरलाई दिएको रिपोर्टको आधारमा मात्र कारखाना नवनिर्माण कार्य शरु हुने सभासद गुरुङले जनाए | यदि ड्रग कन्ट्रोलरको लाइसेन्स चाडै प्राप्त भएमा यस कारखानालाई आधुनिक तक्निकीद्वारा निर्माण गर्ने सोच राखेको अनि यसलाई आधुनिकरण गरेर नवनिर्माण गरिदा अन्तरास्ट्रिय स्तरको दाचामा निर्माण गरिने सभासदले बताए | आज काररखानालाई आधुनिकरण गरेर निर्माण गर्नको निम्ति ड्रग कन्ट्रोलरबाट लाइसेन्स चहिएको हुनाको कारण नै कारखानालाई देखरेख गर्न उक्त विभागका अधिकारीहरु आज यहा आइपुगेको कुरो बगान निर्देशकले बताए | आजको कारखाना भ्रमण पछि उनीहरुले लाइसेन्स प्रदान गर्ने सकारात्मक सोच देखाएको छ भन्ने कुरामाथि हामी आशाबादी छौ | यदि ड्रग लाइसेन्स झट्टै आएको खण्डमा राज्यसरकार र जीटीएको सहयोगमा कारखाना चलाउनेछौ भनि निर्देशक डा.सामुएल राईले बताए | आज ती अधिकारीवर्गले मङपू  भ्रमण गरे भने भोली रोंङगो  गैरीबास स्थीत डायोजेनीन कारखानाको परिभ्रमण गर्ने जानकारी सिन्कोना निर्देशकले दिएका छन |

धेरै साल देखि बन्द अवस्थामा रहेको मङपू कुलैन कारखानालाई खोलाउन राज्यसरकार अनि जीटीए प्रयासरहत रहेको कुरो जीटीए सिन्कोना बिभाग भारप्राप्त सभासद सामुएल गुरुङले आज जनाए

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.