मङपुमा टीएमसीबाट ३३ घर पुन मोर्चामा सामेल

30 houses of tmc return to gjmm
मङपु१फरवरी(केशर मोक्तान): गोर्खा  जनमुक्ति मोर्चा मङपू शाखाको आयोजनामा स्थानीय चौरास्तामा जोन सभापति प्रदीप छेत्रीको अध्यक्षतामा पार्टीको जनसभा सम्पन्न भयो | असीत थापाले संचालन गरेको सभालाई सम्बोधन गर्दै जीटीए बनबिभागको कार्यकारिणी सभासद एवं क्षेत्रीय सभासद रतन थापाले गोरामुमोले २१ बर्ष नगरेको काम आज गोजामुमोले छ महिनामा गरेको छ भन्दै जीटीएबाट मङपु क्षेत्रमा गरेको बिकाश कार्यको बिस्तृत जानकारी दिए | उनले बिपक्षी पार्टीकाहरुलाई झन्डा कसले बेसी टाल्ने भन्ने राजनीति नगरेर गाउँको बिकाशको निम्ति कसले ज्यादा काम गर्ने भनि प्रतिस्पर्दा गर्ने सुझाव दिए | सभासद थापाले गोरामुमोले षडयन्त्र रचेर नै सिन्कोना बगानको १०० एकर जमीन एनएचपीसी लाई बेचेको आरोप लगाउदै गोरामुमोको शासनकालमा नै कुलैन कारखाना पनि बन्द गरेर मरणसन्न अवस्थामा पुराएको आरोप लगाए | पहाडमा बिकाश हुन्छ भने जीटीए को माध्यमबाट हुन्छ भनि ठोकुवा गर्दै आफुले इमान्दारपुर्बक क्षेत्रीय बिकाश गरेको जनाए | क्षेत्रीय सभासद रतन थापाले लाब्दा बस्ती अनि लाब्दा सिन्कोना बगानमा अलकत्रे सडक निर्माण हुदैछ भन्दै मङपुको निम्ति डिग्री कलेज,अग्नीसमन केन्द्र,आई.टी.आई सेन्टर अनि इलेक्ट्रिक पावर सबस्टेशनको पनि चाडै निर्माण गर्नको निम्ति पहल गरिरहेको जानकारी गराए | उनले आज मन दुख गरेर बिपछी पार्टीमा जानेहरु पहिले पनि गोरामुमो र अन्य पार्टीको नै कार्यकर्ता रहेको र उनीहरु कहिले पनि गोजामुमोको समर्थक नरहेको औगत गराए | उनले आफु पनि सठीक बस्ने अनि जनतालाई पनि सठीक सित बसिदिने अपील गर्दै तब मात्र क्षेत्रीय बिकाश हुने र लक्ष्यमा पुग्न सकिने बताए | अर्को बक्ता गोजामुमो केन्द्रीय समितिका उपाध्यक्ष श्रावन राईले सुबास घिसिंङले दार्जीलिंङलाई निराश पारेको छ भन्दै आज छैटौअनुसूचीको ९९ प्रतिसत जनताले बिरोध गरेको छ,कारण छैटौअनुसूचीको निम्ति सम्पूर्ण जनता पहिले ट्राइबल हुनु पर्नेछ भनि जनाए | गोजामुमो मङपु शाखाको तत्वावधानमा सम्पन्न भएको जनसभामा मोर्चा मङपु जोनका २१वटा शाखाबाट नै पार्टी कार्यकर्ताहरु उपस्थित रहेका थिए | आजको सभामा बिगत दिनमा तृणमुल पार्टीमा गएको ३३ घर मोर्चामा फर्किआएकोमा क्षेत्रीय सभासद रतन थापाले खदाअर्पण गर्दै गोजामुमो पार्टीको झन्डा थमाएर उनीहरुलाई पुन स्वागत जनाए | सभामा मोर्चा मङपु जोन सचिव रतन लामा,दातडुप्लालेयु सिन्कोना जोन सचिव गगन राई,मङपु जोन युवा मोर्चा सभापति दयानन्द राई आदिले सम्बोधन गरे भने अन्त्यमा पार्टी एवं सभाध्यक्ष प्रदीप छेत्रीले सबैलाई आभार व्यक्त गर्दै सभा अन्त गरे |

गोर्खा जनमुक्ति मोर्चा मङपू शाखाको आयोजनामा स्थानीय चौरास्तामा जोन सभापति प्रदीप छेत्रीको अध्यक्षतामा पार्टीको जनसभा सम्पन्न भयो

Read latest post filed under mungpoo news, political news
[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.