मङपु१फरवरी(केशर मोक्तान) : फरवरी २००० साल देखि बन्द भएको
सम्पूर्ण सिन्कोनाबासीको
मुटुको ढुकढुकी कुलैन कारखाना
हिज ३१ जनवरी २०१४ देखि चल्न
थालेको छ | मानौ सिन्कोनाबासीको
मुटुको ढुकढुकी फेरी चल्न थालेकोले
समग्र सिन्कोना श्रमिक कर्मचारीको
आंगमा न्यानो घाम लाग्ने संकेत
देखा परेको छ | सिन्कोना निर्देशक
डा.सामुएल राईको पहलमा हिज
ट्रायल रन गर्दै कारखानाको
संचालन गरिएको छ | सिन्कोना बगान
निर्देशक डा.सामुएल राई पारदर्शी
कार्यप्रणाली र प्रयासमा यस
कारखाना पूर्ण रुपले संचालन
हुने छाट देखा परेको छ | बगान
निर्देशक डिसेम्बर महीनामा
कोलकत्ता पुगेर ड्रग कन्ट्रोलर
निर्देशक डा.चिन्तामणि घोष
सित वार्तालाप गर्दै सिन्कोना
कारखानालाई पुन:उद्धार गर्न
पर्छ भनि एक ज्ञापन चडाए पछि
११ जनवरी २०१४मा ड्रग कन्ट्रोलरको
पक्षबाट दुई जना अधिकारीले
मङपू कारखाना परिभ्रमण गरेर
सकारात्मक सर्वेक्षण रिपोर्ट
कोलकाता कार्यालयमा बुझाएपछि
ड्रग कन्ट्रोलरको स्वीकृतिमा
आज कारखाना ट्रायल रनबाट शुरु
भएको छ | आज निर्देशक डा.राईले
कारखाना भित्र रहेको गराईनडीङ
मेसिन चलाएर औपचारिक रुपमा
उद्घाटन गरियो | कारखाना भित्र
रहेको आठवटा भ्याट(पाउडर पकाउने
मेशिन)मा सिन्कोना पाउडर पकाएर
उताप्दित प्रक्रिया अनुरुप
उत्पादन गरिएको क्रुडको प्रसिक्षण
पछि त्यसको सकारात्मकर परिणाम
आएको खण्डमा भने अचल रहेको
कारखाना नियमित रुपले चल्ने
थाहा लागेको छ | उक्त कारखानाको
प्रशिक्षण कार्यलाई नियमित
रुपमा ४८ दिन सम्म चलाए पछि
यस कारखानाबाट गुणस्तरीय उत्पादनको
निक्लेको खण्डमा सधैको निम्ति
कारखाना चल्ने संकेत देखिएको
छ | बगान निर्देशक डा राईले बताए
अनुसार आजको कारखानाको प्रशिक्षण
पछि ड्रग कन्ट्रोलरको निर्देशक
डा.चिन्तामणि घोष आगामी अप्रेल
महीनामा मङपु कुलैन कारखाना
परिभ्रमणमा आउने भएको छ | प.बंगाल
सरकारका ड्रग कन्ट्रोल बिभागबाट
कारखाना संचालन गर्ने स्वीकृति
दिसकेको जानकारी बगान निर्देशले
दिदै यस क्षण सरकारले सकारात्मक
सोच देखाएको समयमा नै सम्पूर्ण
सिन्कोनाबासीले बलियो इत्छाशक्ति
देखाएर कारखाना संचालन गर्ने
दिशामा अग्रसर हुनु पर्ने बताए | यदि
सबैको इत्छाशक्ति भएमा अब कारखाना
बन्द हुने प्रश्न नै उठ्दैन | आज
कुलैन कारखाना संचालन हुनुमा
जीटीए सभाले सहयोग गर्ने कुरामा
पनि आफु आशाबादी रकेको बताउदै
जीटीए सिन्कोना बिभाग सभासद
सामुएल गुरङ अनि क्षेत्रीय
सभासद रतन थापाले पनि अत्यधिक
सहयोग पुराईरहेको जानकारी
दिए | कार्यक्रमलाई सम्बोधन
गर्दै जीटीए सिन्कोना बिभाग
सभासद सामुएल गुरुङले अबउसो
सिन्कोना उध्योग पुन जीवित
रहने आशय प्रकट गरे | सिन्कोना
उध्योग भित्र पर्यटन उध्योग
गाभ्ने पहल भईरहेको बताउदै
पर्यटन क्षेत्रबाट उठेको राजश्व
सिन्कोनालाई दिएर यस उध्योगलाई अझ समृदि बनाउने योजना रहेको
सभासद गुरुङले जनाए | समरोहमा
क्षेत्रीय सभासद रतन थापाले
यस कुलैन कारखानालाई आधुनिकरण
गरिनको निम्ति जीटीए प्रमुख
बिमल गुरुङले टेवा दिइरहेको
जानकारी दिदै आज सिन्कोना कारखाना
लाई संचालन गरेर उत्पादन वृद्धि
गर्नु नै गोजमुमोको राजनैतिक
सपना रहेको बताए | यसरी आज १४
बर्ष पछि मङपु कुलैन कारखानाको
चिम्नीबाट धुवा उड्न थालेकोले
समग्र सिन्कोनाबासी श्रमिक
कर्मचारीवर्गमा हर्षको लहर
छाएको छ | आजको यस एतिहासिक कार्यक्रममा
सिन्कोना बगान अधिकारी,श्रमिक
कर्मचारी लगायत सिन्कोनाबासी
जनता उपस्थित थिए |
१४ बर्ष पछि कुलैन कारखानाको चिम्नीबाट धुवा उड्यो
02Feb2014